किओच बालअस्पताललाई दमकका दुई व्यापारीबाट रु ५ लाख सहयोग

दमक,१० जेठ । झापाको दमक -७ पशुहाटस्थित किओच दमक बाल अस्पताललाई दमकका दुई जना दाता ब्यवसायीले झण्डै रु पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।दमकका प्रतिष्ठित ब्यवसायीद्धय लक्ष्मण श्रेष्ठले रु २ लाख ५० हजार र अरुण अधिकारीले रु २ लाख २२ हजार बराबरको चेकको सहयोग काठमाडौ चाइल्ड हेल्थ ईन्स्टिच्युट (किओच) का संस्थापक तथा बाल अस्पतालका योजनाकार समेत रहेका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोईरालालाई हस्तान्तरण गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सक्रियतामा आज रेडक्रस उपशाखामा संक्षिप्त कार्यक्रमका बीच ती दाताहरूले सो चेक हस्तान्तरण गरे ।
सो अवसरमा डाक्टर कोइरालाले बाल बिशिस्टिकृत अस्पताल देशका सात वटै प्रदेशमा सञ्चालन गर्ने र कोही पनि बालबालिका आर्थिक अभावकै कारण ज्यान गुमाउनु पर्ने बाध्यताबाट मुक्त गराउने अभियानमा शुभचिन्तक नागरिकहरुले गरेको सहयोग पुरयाँउदै आएकोमा आभार व्यक्त गरे ।
बाल अस्पताललाई अत्याधुनिक सेवासहितको थप बिस्तार गर्नु आवश्यक रहेको पनि बताउदै दाताहरुको सहयोग प्रति उनले प्रंशसा व्यक्त गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी , पूर्व सभापति लिला गुरागाई लगायत रेडक्रस नेतृत्व , बाल अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर जयमणी श्रेष्ठ लगायतको बिशेष उपस्थिति रहेको थियो ।
किओच बाल अस्पतालले १० बर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ भने १६ बर्ष मुनिका बालबालिकाहरुलाई सरल मूल्यमा सेवा प्रदान गर्दै आएको छ । सो अस्पतालमा पाँच जना बाल रोग विशेषज्ञ डाक्टरले सेवा दिदैआएका छन् । अस्पतालले हालैदेखि मोडुलर अपरेशन कक्ष समेत सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा इमर्जेन्सी , ल्यावसेवा २४ सै घण्टा चालू छ भने बिदाको दिन बाहेक अन्यदिन बिहान ९ बजेदेखि ५ बजे सम्म ओपिडी सेवा सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी सुनिल धिमालले बताए ।

Leave a Reply

Your email address will not be published.