पौडी खेल्न गएका दुई बालकको मृत्यु

इलाम, ११ जेठ । माई खोलामा पौडी खेल्न गएका इलाम, माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ ।विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारका लागि विएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सँगै पौडी खेल्न गएका अर्का बालक किस्मनलाई भने खोजी गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको प्रहरीले डिएसपी प्रकाश जबेगूले बताए।

Leave a Reply

Your email address will not be published.