माछा मार्न पोखरीमा पसेका युवकको मृत्यु

पथरी,२३ कार्तिक । मोरङको पथरीशनिश्चरेमा साथीहरूसँग माछा मार्न पोखरीमा पसेका एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पथरीशनिश्चरे नगरपालिका–५ महुलीबारीका २७ वर्षीय माराङ किस्कु रहेका छन् ।
प्रहरीका अनुसार स्थानीय डिकबहादुर कार्कीले माछापालन गर्दै आएको पोखरीमा दिउँसो करिब १ः३० बजेतिर साथीहरूसँग माछा मार्ने क्रममा सोमबार दिउँसो किस्कु डुबेका थिए ।
युवक पोखरीमा डुबेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी किस्कुको शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर, मंगलबारे पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.