कमलमा अन्तरपालिका भलिवल : झापा,शिवसताक्षी, कन्काई र बेलवारी विजयी

दमक ,९ जेठ । झापाको कमल गाउँपालिकामा विहिबारदेखि दोश्रो अन्तरपालिकास्तरिय उपाध्यक्ष भलिवल प्रतियोगिता -२०८१ शुरु भएको छ ।कमल गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा शुरु भएको पहिलो एकै दिन चार खेल सम्पन्न भएको छ । कमल ५ मंगलवारेस्थित सगुन युवा क्लवको खेल मैदानमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा झापा गाउँपालिका विजयी भएको छ । वेष्टअफ थ्रीको नियम अनुसार खेलाईएको सो प्रतियोगितामा झापाले २६–२४ र २५–१५ को अन्तरमा विजयी भयो । सो खेलको म्यान अफ द म्याच झापाकै मनोज गौतम घोषित भए ।
यसैगरि, कन्काईले हल्दिवारीलाई हराउदै दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । कन्काईले २५–८ , २५–८ अंकको अन्तरले विजयी बन्यो । सो खेलको म्यान अफ द म्याच कन्काईका अमृत मल्ल पुरस्कृत भए ।
यसैगरि, प्रतियोगिताको तेस्रो खेलमा आयोजकलाई हराउदै शिवसताक्षी विजयी भयो । शिवसताक्षीले आफना प्रतिद्धन्दी कमल गाउँपालिकालाई २५–२३ र २५–१५को अन्तरले विजयी बनेको हो । सो खेलको म्यान अफ द म्याच विजयी टिमका नितेश बस्नेत घोषित भए ।
यसैगरि, चौथो खेलमा बाह्दशीलाई हराउदै मोरङको बेलवारी नगरपालिका विजयी भयो । खेलमा बेलबारी २५–१६ र २५–१७ को अन्तरले विजयी भई दोश्रो चरणमा प्रवेश गर्न सफल भएको थियो ।
१२ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार , ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुने टिमले नगद ५१ हजारसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । यसैगरि, प्रतियोगितामा बिद्यागत पुरस्कार स्वरुप नगद समेत प्रदान गरिने आयोजक संस्थाका सुदिप थुलुङले बताए । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ ।

आयोजक संस्था खेलकुद विकास समितिका अध्यक्ष सन्तकुमार मगरको अध्यक्षता तथा पालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटनमा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले भलिवल खेलको महत्वको विषयमा चर्चा गरेका छन् ।
खेलकुद समितिका उपाध्यक्ष सुदिप थुलुङले स्वागत मन्तव्य राखेको सो प्रतियोगिताको उद्घाट्नमा प्रदेश भलिवल संघका अध्यक्ष खेम राईले सगुन युवा क्लबलाई ४ थान भलिबल उपहार प्रदान गरेका थिए । कार्यक्रममा मंगलमय माविका बिद्यार्थीहरुले मनोरञ्जन प्रदान गर्न नृत्यहरु प्रस्तुत गरेका थिए ।
क्लवका अध्यक्ष देवी आङदेम्बेका अनुसार शुक्रवार पहिलो क्वाटर फाइनल खेल भद्रपुर र झापा , दोश्रोमा बेलबारी र बिर्तामोडवीच प्रतिष्पर्धा हुने छ भने सेमिफाइनलका दुई खेल हुने छ ।

Leave a Reply

Your email address will not be published.