रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित एक युवक पक्राउ

मोरङ ,२३ कार्तिक । रड प्रहार गरी मोरङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार श्रीमानको हत्या गरेको आरोपमा ३५ वर्षीया कमली बास्के र भारत बिहारका २७ वर्षीय सुनिल मिश्र पक्राउ परेका हुन् ।

आइतबार राति करिब ९ बजे बजे ४० वर्षीय बुधराम सोरेनलाई बास्के र मिश्र मिलेर टाउकोमा रड प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको रडसहित मिश्रलाई पक्राउ गरेको छ । घटनापछि फरार रहेकी बास्केलाई सोमबार बिहान खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.