प्रधान टोलमा भव्य रुपले मनाईयो भिन्तुना कार्यक्रम

दमक ,२४ कार्तिक । नेवाःखलको रजत जयन्ती तथा न्यू दँया –नेपाल सम्बत ११४७ का अवसर पारेर आज दमकमा विभिन्न कार्यक्रम गरिएका छन् । यसैक्रममा मंगलवार दमक -९ प्रधानटोलमा नेवारी समुदायको नयाँ वर्ष सम्बन्धी विशेष कार्यक्रममा शुभकामना आदानप्रदान ,सांस्कृतिक नृत्य तथा अग्रजहरुलाई सम्मान प्रदान गर्नुका साथैं नेवारी भोजन समेत गराइएको थियो ।

नेवाःखलकी अध्यक्ष मीना श्रेष्ठको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्दैं वक्ताहरुले नेवारी समुदायले मनाउदैआएको नेपाल सम्बतको शुभकामना दिदैं भाषिक, सांस्कृतिक जागरणका लागि यस्ता सामाजिक संघसंस्थाहरुको योगदान प्रंशसनीय रहेको जोड दिए ।
कार्यक्रममा नगर प्रमुख थापा, दमक -९ का वडाअध्यक्ष कुवेर भट्टराई लगायतले नेवार समुदायको मौलिक परम्परा र सांस्कृतिक पहिचान देशकै सम्पदा भएको विचार राखे ।
सोहि अवसरमा नेवाः खलको संस्थागत हितमा सहयोग पुरयाँउने तीन दर्जन बढी दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेवाः खलका पदाधिकारी तथा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखीय उपस्थिति रहेको थियो । यसैगरि, आजनै दमक ६ स्थित शंखध्वर चौंकमा भिन्तुना विशेष कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.