कमलमा जुवाको खालबाट नगदसहित १२ जना पक्राउ

दमक,२४ कार्तिक । झापाको कमल गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित १२ जनालाई पक्राउ गरेको छ । कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भट्टराईको घरमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ ६ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भट्टराईको घरमा छापा मारेको थियो । त्यसक्रममा जुवा खेलिरहेका १२ जनालाई नगद र ताससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट एक लाख ९१ हजार ८ सय रुपैयाँ नगद, पाँच बुङ तास र नौ थान मोबाइल बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी भट्टराईसहित १२ जना छन् ।
पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–५ का ३१ वर्षीय अशोक पौडेल, ४० वर्षीय अमर धिताल, ४८ वर्षीय देवेन्द्र कुइँकेल, ४५ वर्षीय सहदेव धिमाल , ४१ वर्षीय बाबुराम राई, १८ वर्षीय राजु राजवंशी, ३५ वर्षीय दीपक धिमाल , ४७ वर्षीय अर्जुन थापा, ४३ वर्षीय दुर्गा प्रसाद अधिकारी र ३७ वर्षीय तिलकबहादुर कार्की रहेका छन् ।
प्रहरीले पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ
धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। स्थानीय विष्णु घिसिङको घरमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा मंगलबार बिहान करिब २ः३० बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी नायब निरीक्षक गणेश दाहालको नेतृत्वमा गएको टोलीले जुवाको खालबाट ठूलो कौडा १४ वटा र सानो कौडा १६ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
प्रहरीका अनुसार जुवाको खालबाट ४ हजार रुपैयाँ र पक्राउ परेका सात जनाको साथबाट १ लाख ७ हजार ३१५ रुपैयाँ बरामद भएको छ । बरामद रकमको कुल परिमाण १ लाख ११ हजार ३१५ रुपैयाँ रहेको छ ।
पक्राउ पर्नेमा घरधनी ५५ वर्षीय विष्णु घिसिङसहित ३४ वर्षीय अरुण घिसिङ, ३९ वर्षीय रमेश घिसिङ, ३४ वर्षीय लिलबहादुर मगर, ४४ वर्षीय लक्ष्मीकुमार मगर, २६ वर्षीय जसमान तामाङ र ४८ वर्षीय वीरबहादुर घिसिङ छन्।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेका १ सय ७ जना पक्राउ
देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ नगद, तास र कौडा बरामद गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुर्खेत, ललितपुर, काभ्रे, धनुषा र सर्लाहीबाट उनीहरू पक्राउ परेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोकस्थित सुशील भारतीको घरमा जुवातास खेलिरहेको अवस्थामा भारतीसहित १२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट चार लाख एक हजार ४८५ रुपैयाँ बरामद भएको छ ।
त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकबाट अर्जुन जंग शाहीसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट एक लाख ८१ हजार १०० रुपैयाँ बरामद भएको छ । वीरेन्द्रनगर–३ गण्डकी लाइनबाट मानबहादुर गुरुङसहित आठ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन लाख ७७ हजार ८५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी वीरेन्द्रनगर–६ खोर्केलाइनबाट कबिराम विकसहित ११ जना पक्राउ परेका छन् । उनीहरूबाट एक लाख २७ हजार ८५ रुपैयाँ र १३ बुक तास बरामद भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित रामसिंह खड्काको घरबाट खड्कासहित नौ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख ५८ हजार ७१५ रुपैयाँ र चार बुक तास बरामद भएको छ । गोदावरी नगरपालिका–१० प्याङगाउँबाट सन्तोष तिमल्सिनासहित दुई जना पक्राउ परेका छन् । उनीहरूबाट ४० हजार ३०५ रुपैयाँ र एक बुक तास बरामद भएको छ ।

 

Leave a Reply

Your email address will not be published.