फिदिम, २३ वैशाख । जंगली च्याउ खाँदा पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट जंगली च्याउ टिपेर पकाएर खानासँगै खाएपछि परिवारका सबै सदस्य बिरामी परेका हुन्।
बेलुका करिब ५ बजेदेखि वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बिरामी हुनेमा हर्कमाया राईसहित ३२ वर्षीय समीर लिम्बू, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बू र ७३ वर्षीया दलमाया लिम्बू रहेकी छन् ।
सबै बिरामीको अवस्था सुधारोन्मुख रहेको छ । जंगली च्याउ जथाभावी सेवन नगर्न सर्वसाधारणलाई सचेत गराउदै आएको प्रशासनले जनाएको छ ।