पत्रकार सम्बद्ध संघ–संगठनहरुबीच हाजिरीजवाफ, भद्रपुर प्रेस क्लब प्रथम

दमक,१७ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार झापाको दमकमा पत्रकार सम्बद्ध संघ–संगठनहरुबीचको सहभागितामा सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लबले १२० (अंक) प्राप्त गरेर प्रथम भएको छ ।
जिल्लामा रहेको ११ वटा संघ–संगठनको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब १०० अंकका साथ द्वितीय र प्रेस युनियन झापा शाखाले ९० अंक प्राप्त गरि तृतीय स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी पर्यटन पत्रकार मञ्च झापा शाखा (८० अंक), प्रेस चौतारी झापा शाखा (८० अंक), प्रेस सेन्टर झापा शाखा (८० अंक), नारी सञ्चार गृह (७० अंक, मेचीनगर प्रेस क्लब (७० अंक) , दमक प्रेस क्लब (५० अंक), सञ्चारीका समूह (५० अंक ) र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखा(२० अंक) सान्तवना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टिमले नगद पुरस्कार क्रमशः ११ हजार एक सय ११ रुपैयाँ, सात हजार सात सय ७७ रुपैयाँ, पाँच हजार पाँच सय ५५ रुपैयाँ र सान्तवना हुने आठ वटा टिमले जनही दुई हजार दुई सय २२ रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता टिमहरुलाई प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीकी उपाध्यक्ष अम्बिका भण्डारीलगायतले नगद पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको क्वीज मास्टर शिक्षक बद्री कार्की र निर्णायकहरु बिमल लामिछाने, विष्णु सुब्बा र मञ्जु डाँगी रहेका थिए । पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजित यस किसिमको कार्यक्रमहरुलाई महासंघले आगामी दिनमा पनि निरन्तरता दिने महासंघको लक्ष्य रहेको शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
शाखाका अध्यक्ष गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुब्रत न्यौपानेले र धन्यवादसहित समापन मन्तव्य महिला उपाध्यक्ष बिनिसा गौतमले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजु पाठक र सह–सचिव तिलक योञ्जनले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.