दमक,१ मंसीर । झापाको कमल गाउँपालिका वडा न.५ मंगलवारे वजारस्थित सगुन युवा क्लवले दशैतिहार,छैठका अवसर पारेर आयोजना गदैं आएको सगुन साँझ -२०८० लाई यसवर्ष पनि निरन्तरता दिने भएको छ ।छैठको भोलिपल्ट अर्थात मंसीर ४ गते अघिल्ला बर्ष झै यसवर्ष पनि क्लवले १७ औ संस्करणका रुपमा सगुन साँझको आयोजना गर्ने भएको र त्यसको तयारी तीव्र पारिएको अध्यक्ष देवी आङदेम्बेले बताए ।
मंगलवारे वजारमा हुने यस सगुन साँझमा चर्चित कलाकार विल्सन सिवक्रम राई (तक्मे बुढा ) लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने उनले बताए । क्लवले सांगीतिक साँझलाई भव्यताका साथ सम्पन्न विभिन्न उपसमितिहरु गठन गरि तयारी तीव्र पारिएको क्लवका सचिव रोशन दाहालले बताए । उनले सांगीतिक साँझलाई सफल बनाउन प्रचारप्रसार तथा अन्य व्यवस्थापकीय कामहरु भईरहेको बताए ।
उनका अनुसार क्लवले तिहारमा खेलिने देउसीभैलीलाई संस्थागत रुपमा एकैस्थानमा कार्यक्रमको आयोजना गरि यस किसिमको सांगीतिक कार्यक्रम सञ्चालन गरिआएको छ । त्यस अवसरमा क्लवले सांगीतिक मनोरञ्जनसहित समाजमा योगदान पुरयाँउने विभिन्न प्रतिभाहरुलाई समेत सम्मान गरिआएको उपाध्यक्ष दिपेन्द्र राईले बताएका छन् ।