गौरादह,१ मंसीर । जुवा खेलिरहेको अवस्थामा झापाको गौरादहबाट नगद ,कौडीसहित १५ जना जुवाडे पक्राउ परेका छन् ।गौरादह –३ बस्ने युवराज खड्काको घरमा जुवाजन्य खेल खेलिरहेको विशेष सूचनाको आधारमा आज विहान ३ बजे ईलाका प्रहरी कार्यालय दमक र गौरादह प्रहरीबाट खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट नगद रु १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, १६ थान कौडा, ३ बुक ताससहित १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि ईप्रका दमकमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।