दमक, २० साउन । झापा, कमल गाउँपालिका -५ का अग्रज व्यक्तित्व भोजकुमार घिमिरेले आफनो जीवनी, भोगाई , आत्मकथा र संस्मरणलाई समेटेर कृति निकालेका छन् ।
साविक लखनपुर गाविसको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्बहालेका उनले मंगलबार आफनो ८३ औं जन्मोत्सवको अवसर पारेर कृति निकालेका हुन् । कृतिको दमक -५ स्थित दिपीनी आधारभूत विद्यालयको सभाहलमा एक कार्यक्रम गरि लेखक घिमिरेको कृति ‘ जीवन दपर्ण ’ को प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. गोपालप्रसाद भण्डारी, साहित्यसेवी लेखनाथ घिमिरे, साहित्यकार हेमनाथ अधिकारी, राजनीतिकर्मीद्वय रोमनाथ ओली र अर्जुन राई लगायतले संयुक्त रुपमा लोकापर्ण गरे ।
दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा भएको कृति लोकापर्ण कार्यक्रममा कृतिका विषयमा उपप्राध्यापक गोविन्दप्रसाद पौडेल र कृतिको समीक्षा साहित्यकार डा. व्यन्जना शर्माले चर्चा गरेकी थिईन् ।
सहभागि वक्ताहरुले कृतिकार घिमिरेले शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा पुरयाँएका योगदानको चर्चा गरेका थिए । उनीहरुले जन्मदिनको शुभकामना दिदै फूलमाला,अविर र खाखा ओढाएर सम्मान प्रदान गरेका थिए ।
कृतिका सम्पादक पंकज दाहालका अनुसार पाँच खण्डमा विभाजित सो कृतिमा कार्य संस्मरण,आत्मकथा,जीवनी,यात्रा संस्मरण र पारिवारिक जीवनका विविध आयामहरु समेटिएका छन् ।