जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा, ३१ जेठ । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एकजना वृद्धाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका ४ नं की ६२ वर्षीया पदमा पौडेल रहेकी छन् ।
आइतवार विहान ४.४५ वजे घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आई उनलाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक बीरेन्द्र कोइरालाको कमाण्डमा टोली खटिएर आवश्यक कानुनी प्रक्रियापश्चात् पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल भद्रपुरमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्ष नबित्दै हात्तीबाट झापामा चारजनाको मृत्यु
एक वर्ष नबित्दै झापामा जंगली हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८२–०८३ मा चारजनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा झापामा तीनवटा हात्तीको मृत्यु भएको छ ।
मानव –हात्तीबीच बढ्दो द्वन्द्वका कारण दुवैतर्फ निरन्तर क्षति हुँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published.