दमकका योजनामा उप प्रमुख भट्टराईको चासो, प्रदेश सरकारसंग वजेट माग

दमक, २८ जेठ ।दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले आगामी आर्थिक बर्ष २०८१-०८२ का लागी कोशी प्रदेश सरकार समक्ष बिभिन्न योजना पेश गरेकी छन् । नगरपालिका भित्रका बिभिन्न योजनाहरु माग गर्दै उनले प्रदेशका बिभिन्न मन्त्रालयहरुमा योजना पेश गरेकी हुन् ।
प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट निर्माण भैरहेकोले उक्त बजेटमा दमकका बिभिन्न योजना समावेस गरी प्रदेश सरकारका मन्त्री तथा सचिवहरुसंग भेट गरी योजना माग गरेकी उप प्रमुखका स्वकीय सचिव दिपेश दाहालले जानकारी दिए । दमक नगर उप प्रमुख भट्टराई, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंसहितको टोलीले कोशी प्रदेशका भौतिक योजना मन्त्री गणेश उप्रेती (शुसील ), स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, बन तथा पर्यटन राज्य मन्त्री बन्दना झाँगड तथा सामाजिक बिकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई समक्ष दमकका बिभिन्न योजनाहरु बजेटमा समावेस गरिदिन माग गरेका हुन् ।
दमकका वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालन, दमक अस्पतालमा उपकरण थप, अपाङ्गता भएकाहरुलाई र महिलाहरुलाई सीप बिकास तालिम तथा प्रबिधि हस्तान्तरण, बिभिन्न सामुदायिक भवनहरुको स्तरन्नति, सडकहरु निर्माण लगायतका बिभिन्न योजनाहरु उल्लेख छ । योजनाहरु समावेस गर्ने आश्वासन समेत पाईएको उप प्रमुख भट्टराईले बताईन् । मन्त्री र सचिवहरु आफ्ना मागमा सकारात्मक रहेकाले योजना पर्ने विश्वास रहेको उनले बताईन् । नगरको बिकास र नगरबासीका आकांक्षा नगरपालिकाले मात्रै पूरा गर्न नसक्ने भन्दै उनले तिनै तहका सरकारहरुको सहकार्यमा नगरलाई समृद्ध बनाउन लाग्नु पर्ने औल्याईन् ।

Leave a Reply

Your email address will not be published.