दमकमा इन्टर स्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आईकन शुरु

दमक,२७ जेठ । दमकमा इन्टर स्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आईकनको दोश्रो संस्करण २०२४प्रतियोगिता शुरु भएको छ । शनिवारदेखि शुरु भएको पहिलो चरणको अडिशन राउण्डमा दमकका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको आयोजक किङग्स नेपाल क्रियसन कम्पन्नी प्रालिका डाइरेक्टर कृष्ण साहले बताए ।
विएस डान्स स्टुडियोमा भएको पहिलो चरणको अडिशनमा दुई दर्जन बढी प्रतियोगिहरुले आफनो प्रतिभा देखाएका थिए । पहिलो अडिशनमा दमक आर्दश बोर्डिङ स्कूलका प्रिन्सीपल शेखर कटुवाल, शिवसताक्षी प्याव्सनका अध्यक्ष राम सुहाङ,मनिस चहार,निर्मला तामाङ,बिकल थामी निर्णायकका रुपमा रहेका थिए ।
प्रतियोगिता अन्तर्गत अव दोश्रो चरणको अडिशन यहि असार ८ गते दमकको कन्काई पाटी प्यालेसमा हुने आयोजक साहले बताए ।
उक्त कम्पन्नीले गतवर्ष समेत अन्तर विद्यालयका विद्यार्थीहरुवीच पहिलो आइकन गरेको थियो । सो आइकनका विजेता,उपविजेतासहित विभिन्न विद्यामा उत्कृष्ठ हुने प्रतियोगिहरुलाई आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.