मावा पुलमा दुर्घटना हुँदा एक युवकको मृत्यु

दमक ,२८ जेठ । दमक-३ स्थित मावा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।आइतबार राति १०:५० बजे मधुमल्लाबाट दुम्से तर्फ आउदै गरेको मे ५ प ९७३१ नं को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ, मिक्लाजुङ गाँउपालिका वडा नं १ स्थायी घर भइ हाल दमक नगरपालिका वडा नं मा डेरा गरी २२ बर्षीय सगुन राईको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते राइलाई आम्दा अस्पताल ल्याइएकोमा राति ११:३५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी झापाले जनाएको छ । घटनाका बारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.