डोजाङले निकाल्यो लागुऔषध विरूद्ध अभियान

पथरीशनिश्चरे, २७ जेठ । मोरङको पथरीशनिश्चरे तेक्वान्दो डोजाङले लागुऔषध विरूद्ध अभियान संचालन गरेको छ।शनिबार डोजाङले से नो टु ड्रग्स भन्ने सन्देसका साथ पछिल्लो समय बढ्दो रूपमा रहेको लागुऔषध दुर्व्यवसनी विरूद्ध सो अभियान संचालन गरेको हो।
पथरीशनिश्चरे डोजाङका प्रमुख कैलाश राईले अहिलेको समयमा युवा वर्गहरूमा बढ्दै गएको लागूऔषध दुर्व्यवसन विरूद्ध सचेतना फैलाउने उदेश्यले यो अभियान संचालन गरिएको बताए।
अभियानमा पथरीशनिश्चरे नगरका विभिन्न विद्यालयहरूमा अध्ययन गरीरहेका १ सय ५० बढि तेक्वान्दो दोजाङ सिक्दै आएका बालबालिका खेलाडीहरूले पथरी बजारका विभिन्न चोक र स्थानहरूमा र्याली निकालिएको थियो। उनीहरूले लागूऔषधको सचेतना सम्बन्धी नारा लगाएका थिए। पथरी बहुमुखी क्याम्पसदेखि निस्किएको र्यालीले यलम्बर चोक, पथरी बजारको पूर्व पश्चिम राजमार्ग , मन्दिर लाईन, नगरपालिका रोड हुँदै पुनः पथरी बहुमुखी क्याम्पसको सभाहलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
औपचारिक कार्यक्रम संविधानसभाका सभासद चण्डी प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राईले लागुऔषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रम आयोजना गरिएकोमा प्रशंसा गदैं खेलकुदले मात्रै आज बालबालिका भोलिका कर्णधार राष्ट्र निर्माणको लागि योग्य बनाउन सक्ने औंल्याए ।
पथरीशनिश्चरे तेक्वान्दो दोजाङ समितिका जोन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा तेक्वान्दो खेलाडीहरूले विभिन्न खेल प्रदर्शनी गरेका थिए।

Leave a Reply

Your email address will not be published.