गेउरियामा भिन्टेज एग्रो सेकुवा कर्नर सञ्चालन

दमक,२६ जेठ । जिल्लाको गौरादह -१ गेउरियामा भिन्टेज एग्रो सेकुवा कर्नर सञ्चालनमा आएको छ।यसअघि त्यहाँ व्यवस्थापन नहुदाँ वन्द भएको म्यारोन एग्रो रिसोर्टमा पुनः स्थानीय युवाहरुले नयाँ व्यवस्थापनका साथ होटल सञ्चालनमा ल्याएका हुन् ।
स्थानीय राजकुमार राई,जमुन राई र दिनेश राई र विष्णुराज बाह्कोटी(सानोभाई ) सहितका चार जना युवाहरुले साझेदारीमा होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा अहिले २० लाख लगानी नाघेको छ ।
शुक्रवारदेखि सञ्चालनमा आएको सो होटलको ग्राण्ड ओपनिङ भने आउदो दशै आसपास गरिने तयारी गरिएको सञ्चालक बाह्कोटीले बताए । उनका अनुसार होटलमा पारिवारिक वातावरणका साथ विभिन्न खानाका परिकार,चिसो तथा तातोपेय पदार्थहरु, सेकुवा लगायतका परिकार उपलव्ध छन् । करिव दुई विगाहामा फैलिएको यस एग्रोमा आगामी वर्ष माछापोखरी,कुखुराको फार्म,बङगुर फार्म राख्ने काम धमाधम भईरहेको उनले बताएका छन् ।
होटल सञ्चालनमा आएका अवसरमा एकसाता सम्म आर्कषक छुटको व्यवस्था गरिएको सञ्चालक बाह्कोटीले बताए । जमुन वडा न. १ का वडा सदस्य हुन् ,बाह्कोटी पेशाले निर्माण व्यवसायी हुन् भने अन्य दुई युवाहरु विदेशबाट फर्किएका हुन् । विदेश त्यागेर स्वदेश आएका र यहाँ बस्दैआएका युवाहरुवीच आफनै ठाँउमा केहि गरौं भन्ने सोच राखेर यस किसिमको व्यवसाय शुरु गरिएको उनीहरुको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published.