रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) के हो र कसरी काम गर्छ ?

-डा. लेखनाथ न्यौपाने

आजकल धरै मानिसहरुले बोल्ने गरेको शब्द हो इम्युनिटी, रोग प्रतिरोधात्मक क्षमता, इम्युन बुस्टर आदि आदि । हरेक कार्यक्रममा, गोष्टीमा या भिडियो कन्फरेन्समा अनि चिकित्सक य अन्य व्याक्तिहरुबाट बोलिने शब्दहरुमा इम्युनिटी, इम्युन पावर राम्रो अथवा उच्च हुनपर्छ, संक्रमक रोग लाग्न पाउदैन या रोग लागिहाले चाडै ठिक हुन्छ भनिन्छ । आखिरी के हो त इम्युनिटी, रोग प्रतिरोधात्मक क्षमता अथवा इम्युन बुस्टर ?

संसारका हरेक पशुप्राणी र वनस्पतीमा आ–आप्mनै गुण र भिन्नता रहेको हुन्छ । यसलाई अनुवंशिक गुण या वंशगुण भनिन्छ । जसका कारण हरेकमा आप्mनै प्रकारको प्रकृतिमा बाच्ने, फल, अन्न अथवा मासुका रुपमा प्रयोगमा आउने अथवा मानसिको जीवन सहयोगी भएर निस्चित समयका लागि रहने या बाँच्ने प्रकृया हुन्छ । यदि मानिस भए त्यही अनुसारको जीवन चल्छ । यही क्रममा कुनै बोटविरुवा धेरै वढन नसकेका, हरियाली दिन नसकेका, रोगी, ख्याउटे देखिन र फल पनि कमै दिन्छन् । त्यसैमा अरु विरुवा अग्ला, हरियाली भएका र धेरै फल दिने हुन्छन् । यस्तै नियम हुन्छ पशु र मानिसमा पनि । हरेकको प्रकृति भिन्न भए जस्तै उसको शरीर पनि त्यही अनुसारको क्षमतामा रहन्छ । सकेसम्म उसले पनि समय, अवस्था र वातावरण अनुसार बाँच्न सर्घष गरीरहेको हुन्छ । जहाँ छ त्यहाँ टिक्न र आप्mनो कर्तव्य पूरा गर्न अनेक पडिा सहेर या कष्ट उठाएर काम गरीरहेको हुन्छ । उसले सम्झिन्छ की यो मेरो कर्तव्य हो । तर यही कर्तव्य पुरा गर्ने क्रममा विभिन्न समयमा विभन्नि प्रकारका उतार चढाव रोग व्याधी, मानसिक या शारीरिक यातना या कामको बोझ अनि आवश्यक पोषण अदिको कमी हुन गएमा अस्तित्वमा रहेका प्राणीले अपेक्षा अनुसारको उत्पादन या काम या आम्दानी दिन, आफु स्वस्थ रहन नसकीरहेका हुन्छन् । या जीवन समाप्त गरीरहेका हुन्छन् । यसरी अपेक्ष गरे अनुसारको उत्पादन या स्वस्थ रहन नसक्नुको पछाडी उसको शरीरमा रहेको र प्रकृतिले दिएको जीवन जीउने शक्ति हो । यसैलाई रोग प्रतिरोधी क्षमता, इम्युन पावर, उच्च मनोबल या होमियोप्याथीक उपचार पद्धतीको भाषमा भाइटल फोर्स(जीवनी शतिm) भन्दछौं ।

शरीर स्वस्थ रहन्छ र हामी संक्रमणबाट बच्न सक्छांै र भएमा पनि परास्त गरेर बाँच्न सकिन्छ भन्ने हो । आज सम्मको अध्ययनले कमजोर रोगप्रतिरोधी क्षमता भएका, समयमै उपचार पाउँनबाट बन्चित भएका मानिस या रोगी मानिस नै यस्ता प्रकारका स्रक्रमणबाट ज्यान गुमाएका देखिएको छ । 

………………………………………………………………………………………………………………………………………………

मेडिकल अध्ययन र आजसम्मको खोजबाट मानिसको शरीरमा जन्म पश्चात या आमाको गर्भमै रहँदा आमाकै रगतबाट र बाहिर आएपछि विभिन्न असहज अवस्थासँग लड्न सघाउने शक्ति आमाको दुधबाट सबै भन्दा धेरै प्राप्त भएको हुन्छ । र पछि खानेकुरा, वातावरण र व्यायाम आदिले विकास हुन्छ । यस शक्तिलाई इम्युनोग्लोविन भनेर पनि चिन्ने गरिन्छ । यसका विभिन्न प्रकार हुन्छन् जस्तै आईजीए, आईजीएम, आईजीजी आदि । यी तत्वहरु विभिन्न प्रकारका सुक्ष्म प्रोटीन तत्त्वबाट बनेका हुन्छन् जसले विभिन्न प्रकारका संक्रामक या दिर्घ रोग लाग्नबाट बचाउने गर्छन । रोगको प्रकृति र अवस्था अनुसार माथी भनिएका विभिन्न प्रकारका इम्युनोग्लोविन मध्ये कुनै एक या दुईले शरीरका अन्य तत्त्वसँग मिलेर शरीरलाई संकटबाट बचाँउने प्रयास गर्छन । यसरी नै प्रकृतिले शरीरलाई स्वस्थ राख्न र कुनै प्रकारको रोग या संक्रमण(इन्फेक्सन)बाट बचाउन रक्त संचार प्रणालीमा विभिन्न प्रकारका रक्त कोषको विकास गरेको छ । यसलाई रातो रक्तकोष सेतो रक्तकोष र प्लेटलेट नामाकरण गरीएको छ । रातो रक्तकोषले यसमा रहेको हेमोग्लोविनको सहयोगले शरीरमा हामीले खाएको खानालाई शक्तिमा रुपान्तरण गर्न अक्सिजन प्रवाह गर्ने मुख्य काम गर्छ । सेतो रक्तकोषले देशलाई कुनै बाहिरी या देश भित्रै संकट आएका बेलामा लड्न तयार रहने सेना जस्तै शरीरमा कुनै पनि प्रकारको संक्रमण विशेष गरेर जिवाणु(ब्याक्टेरिया)को प्रभावलाई कम गर्न आप्mनै संख्या वढाएर ब्याक्टेरीयालाई नष्ट गर्ने प्रयत्न गर्छ र शरीर स्वस्थ हुन्छ । यसरी नै प्लेटलेटले अचानक दुर्घटना या अन्य अप्रेसन आदिमा अनावश्यक रगत बग्नबाट रगत आफै जमेर बचाउँछ । यसरी शरीर भित्रै प्रकृतिले शरीर स्वस्थ राख्न अनेकन व्यवस्था गरेको हुन्छ । तर, कुनै पनि विषाणु(भाइरस)को संक्रमणमा सेतो रक्तकोषको भूमिका धेरै रहदैन र शरीर आफैले मात्र संक्रमण रोक्न या जोगिन नसक्ने हुँदा विभिन्न समयमा देखिएका माहामारीमा धेरै मानिस या पशुप्राणीहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

जसरी जिवाणुको संक्रमण भएमा एन्टीबायोटिकले काम गर्छ विषाणु(भाइरल) संक्रमणमा यसले काम गर्दैन । यसको लागि हामीले स्वस्थ, पौष्टिक खानेकुरा खाने र अरु आवश्यक व्यायाम अनि सहज वातावरणको सहयोग खोज्छौ । जसले शरीरलाई आउने संकटबाट बचाउन सकोस । यसकोसँगै विज्ञानको खोज र अनुसन्धानले विश्वमा विभिन्न समयमा फैलिएका संक्रामक रोगले शरीरलाई छुन नसकोस या बच्न सकियोस भनेर खोपको विकास गरेर उपयोगमा ल्यायो । जसको उपयोगले करोडांै बालबालिका लगायत ठूला मानिस अकालमै मृत्यु हुनबाट बच्न सफल भए । अन्तत यी खोपहरुको प्रयोगले निस्चित प्रकारका भाइरल(विषणु) या किटाणुबाट हुन सक्ने खतराबाट बच्न सकियो । जस्तै, डिपिटी, पोलीयो, टिटानस, बिसिजी आदि आदि । यस्ता खोप अथवा भ्याक्सीनहरुले मानिसको शरीरमा निस्चित रोग या ब्याधीसँग लडेर परास्त गर्ने क्षमताको विकास गर्छ । यसैलाई इम्युनिटी भनिन्छ । भाइरससँग लड्न विभिन्न घरायसी पौष्टिक खाध्य पदार्थको सेवन गर्न, योग गर्र्न सुझाव र सल्लाह पाइएको छ । यसले शरीर स्वस्थ रहन्छ र हामी संक्रमणबाट बच्न सक्छांै र भएमा पनि परास्त गरेर बाँच्न सकिन्छ भन्ने हो । आज सम्मको अध्ययनले कमजोर रोगप्रतिरोधी क्षमता भएका, समयमै उपचार पाउँनबाट बन्चित भएका मानिस या रोगी मानिस नै यस्ता प्रकारका स्रक्रमणबाट ज्यान गुमाएका देखिएको छ । ।

यसै बीचमा होमियोप्याथिक औषधीले कुनै पनि रोग या संक्रमणमा लक्षण अनुसार उपचार गरिने हुँदा कुनै पनि भाइरसले संक्रमित व्याक्तिमा कस्ता कस्ता लक्षण र चिह्न देखाएको छ त्यही र त्यस्तै लक्षण र चिह्न भएका औषधीको सेवन गर्न दिइएमा त्यस भाइरसले संक्रमितमा देखाउने लक्षण र चिह्न खोपले जस्तै पहिले नै शरीरमा उत्पन्न गर्ने हुँदा संक्रमित भइहाले पनि चाडो निको हुने र मृत्यु दर घटाउने आज भन्दा पहिले देखिएका माहामारीमा पुष्टी भइसकेका कारण आजको यो महामरीमा पनि विश्वमै यसको वितरण इम्युन पावर वढाउन या इम्युन बुस्टरका रुपमा वितरण भइरहेका छन् । यसको सेवनले समग्र शरीरमा रोग प्रतिरोधी क्षमता वढाउछ र डर पनि हटाउछ ।

कारणहरु

शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च हुनु या न्युन हुनुका पछाडी दूईवटा मुख्य कारण हुन्छन् । १, स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाजमा हुर्कन नपाउनु या त्यस्तो वातावरण नहुनु २, विभन्नि रोगको आक्रमणका कारण कमजोर शरीर अनि निरुत्साहित मानसिकता ।

१, स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाजमा हुर्कन नपाउनु : विश्व स्वास्थ्य संगठनले स्वस्थ हुनु भनेको स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज रहे मात्र स्वस्थ व्याक्ति मानिने ब्याख्या गरेको छ । यसको अर्थ शारीरिक, मानसिक र सामाजीक रुपमा पनि मानिस स्वस्थ रहन सक्नु पर्छ । हामी कल्पना गरौं आजको यो भागदौडको युगमा तिनै कुराबाट सुसन्जीत मानिस कति होलान ? कति मानिस शारीरिक, रुपमा, मानसिक रुपमा र समाजका नजरमा पनि असल होलान ? धेरै कम मात्र मानिसले यी तिनैवटा दायरा पुरा गरेका होलान र उनीहरुको रोग प्रतिरोधी क्षमता उच्च होला । र कुनै पनि रोगबाट मुक्त होलान । यसको लागि त धेरैवटा खुटकिला पार गर्नु पर्ने हुन्छ । खेलकुद, खानपान, योग ध्यानमा पूर्णता पाएको, पारिवारिक वातवरण असल रहेको अनि समय समयमा शरीरको जाँच भएको र कुनै पनि प्रकारका बाहिरी असहज वातावरणमा नफसेको मानिसको शरीर धेरै जसो अवस्थामा स्वस्थ रहन्छ र उसको इम्युन सिस्टम(इम्युनटिी) पनि उच्च हुन्छ या जो मानिसले कुनै पनि प्रकोपलाई सजिलै परास्त गर्न सकेको छ भने उसको रोग प्रतिरोधी क्षमता उच्च रहेको मानिन्छ । यस्ता मानिसले कोरोना लगायतका अन्य धेरै महामारी र अन्य रोगसँग लड्न सक्छन् । यसमा तपाइको मनको भावना र सोचाइको पनि ठूलो महत्व हुन्छ । यदि तपाईमा उच्च मनोभावना छ, सकारात्मक सोच छ, म जसरी पनि बच्न सक्छु, मलाई केही पनि हुँदैन भन्ने जस्ता विचार मनमा आउँछन भने शरीरमा पनि सकारात्मक शक्तिको प्रवाह हुन्छ र शरीर हरेक कुरामा लड्न तयार हुन्छ । यस्तो अवस्थामा मानिस अनेकन संक्रमण र असहज वातावरणबाट पनि बाहिर आउँछ । उसले आफु स्वस्थ रहन अनेक उपाय अपनाउँछ । जस्तै खान जे र जस्तो भेटे पनि खुसी भएर आनन्दले खान्छ । मनामा सोच्छ की यो त अति स्वादिलो र पोषणले भरिपूर्ण छ । यसरी नै योग अभ्यास गर्ने, सकारात्मक सोच्ने, सधै यस्तै अवस्था रहदैन, यो अवस्था पनि सकिएर जान्छ भन्ने जस्ता सकारात्मक कुरा गर्ने र आनन्दले निदाउने गरेमा, प्रसस्त पानी पिएमा धेरै प्रकारका रोगबाट बच्न सकिन्छ ।

२, विभिन्न रोगका कारण कमजोर शरीर र नकारात्मक मानसिकता : धेरैजसो मानिसहरु एउटा रोग लाग्यो या केही कारणले विरामी भइयो भने धेरै नै डराउने, मन खिन्न पार्ने, अब सबै सकिने भयो, बाच्न नसकिने भयो भन्ने जस्ता नकारात्मक सोचमा डुब्न थाल्छन् । सानो विरामलाई ठूलो सम्झेर आफै कमजोर हुन्छन् र अरु रोगका सिकार हुन पुग्छन् र अकालमै ज्यान गुमाउँछन् । आज संसारमा यही देखिएको छ ।जस्तै कोरोनाले भन्दा पनि मनको डरले धेरै मानिसहरु पिडित भए । यसको फाइदा उठाउँदै शरीरमा रहेका सानातिना रोग पनि ठूला देखिन थाले । यो हो कमजोर या नकारात्मक मानसिकताको प्रभाव । जसले मानिसलाई भित्र भित्रै खोक्रो बनाउछ, मानसिक रोगी बनाउँछ या आत्महत्या गर्न तर्फ उक्साउँछ । एउटा सानो उदाहरण, सम्माननिय पुर्व प्रधानमन्त्रि केपी ओलीज्यूको । वहाँ मृगौला पीडित, वहाँको खटाई र मनमा आउँने सकारात्मक संचारले चाडै ठीक हुने एउटै कारण हो । त्यसैले हामीले पनि सकारात्मक सोच राखेमा र सोही अनुसार काम गरेमा रोगबाट मुक्त मात्र भइदैन जीवन सहज र खुसहाल भएर जिउँन पनि सकिन्छ ।

इम्युनिटी कसरी वढाउने

अन्त्यमा, शरीरमा रोग प्रतिरोधात्मक क्षमता(इम्युनिटी) कसरी वढाउने भन्ने विषयमा चर्चा गरौं । इम्युनिटी भनेको बाहिरबाट आएको र आउँने वस्तु होइन । यो हाम्रै शरीरमा हरदम रहने शक्ति हो । यसले त हरदम शरीरमा रहेर हरेक खाले रोगसँग लडेर शरीरलाई स्वस्थ राख्न भूमिका खेलीरहेको हुन्छ । हरदम हाम्रो शरीरमा रहने यसले उमेर अनुसार शरीरमा देखापर्न सक्ने रोगहरुलाई पनि शरीरमा आउन नदिएर रोक्ने काम गरीरहेको हुन्छ । यसका लागि हामीले सन्तुलित खान खानु पर्छ, समयमा सुत्ने र समयमा उठने गर्नु पर्छ । व्यायाम या खेलकुदमा ध्यान दिनु पर्छ र सकेसम्म सकारात्मक सोच र सामाजीक बन्ने प्रयास गर्नु पर्छ । खाना मिठै र महंगो भन्ने हुँदैन । खाने मान्छेले जे खाए पनि पोशिलो सम्झेर खानु राम्रो हो । इम्युनिटी बढाएमा मात्र कोरोना संक्रमणबाट बच्न सकिने होइन अन्य शरीरमा भएका रोग पन िनिको हुन्छन् र आउने दिनमा रोग लाग्नबाट पनि बच्न सकिन्छ । तल केही उपायहरु लेखिएका छन् ।

१, हरेक दिन विहान मनतातो पानी र थोरै कागतीको रस मिसाएर भए मह पनि लगाएर पिउँने । यसले गानोगोला र ग्यास्ट्रीक भएका विरामीलाई धेरै राम्रो गर्छ । सुरुमा थोरै मात्र कागतीको रस मिलाउनु पर्छ । विस्तारै वढाएर पिएमा अन्य रोगहरु प्नि कम भएर जान्छन् ।

२, खानामा थोरै गाईको घिउ राखेर खाना खानु मुटु रोगीका लागि पनि फाइदाकारी हुन्छ भने अन्य रोग त त्यसै कम भएर जान्छ र मानिस निरोगी हुँदै जान्छ । थोरै मात्रामा घिउ खानाले ग्याष्ट्रिकलाई पनि सञ्च गर्छ ।

३, सधै शुद्ध तोरीको तेल खाएमा कोलेस्ट्रोल आदिको समस्या कमै आउँछ । र निरोगी भइन्छ । उदाहरणमा पहाड र हिमालमा बस्ने मानिसलाई हेर्न सकिन्छ ।

, हरेक विहान सकेमा ड्राई फ्रुट(काजु, किसमीस, ओखर, बदाम आदि) खाने गरेमा या एउटा स्याउ खाएमा झनै उत्तम हुन्छ ।

, हरेक दिन व्यायाम गरेमा, योग गरेमा या खेल खेलेमा राम्रो हुन्छ ।

६, सकारात्मक सोच, ध्यान र पुस्तक पढने बानी बसाएमा अनि बेलुका चाडै सुत्ने र विहान चाडै उठने गरेमा राम्रो हुन्छ ।

, विहानको खान पेटभरी, दिउसो ठिक्क र बेलुका चाडै र अत्यन्तै थोरै खानु स्वस्थ रहने मुल मन्त्र मानिन्छ । यसरी नै पानी खानाको २ घण्टा पछि पिउनु उत्तम मानिन्छ । खानसँग पानी नपिएको राम्रो ।

८, सुत्ने बेलामा भए गाइको मनतातो दुधमा नभए पानीमा शुद्ध काँचो बेसार घोलेर पिएमा रुघामर्की लागरिहने, पिडुला बाउडिने, कमजोरी महशुस हुने, निद्रा नलाग्ने जस्ता समस्या कम भएर जान्छन् । यसरी नै हरेक दिन विहान तुलसी पत्ता खाने गरेमा या गुर्जोको चिया या ग्रिन टी पिउने गरेमा हरेक प्रकारका रोगसँग लड्न सक्ने शक्ति शरीरमा बन्दछ र हामी स्वस्थ रहन सक्छौं ।

९,यसरी नै शुद्ध र सफा गुन्द्रुक, मेथी, ज्वानो, फलफुल, हरिया सागपात, पनिर, च्याउ दहीमही आदिको सेवन नियमीत रुपमा गरेमा कोरोना संक्रमण मात्र नभएर अन्य विभिन्न प्रकारका रोगबाट बच्न र सधै स्वस्थ रहन सकिन्छ अथवा शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च रहन्छ ।

१०, साना नानीहरुलाई पटक पटक रुघा, खोकी, टन्सिल, निमोनिया, पिसावको संक्रमण, पेटको समस्या भइरहनु भनेको या ठूला मानिसलाई पनि रुघा लागीरहने, घाटी दुख्ने, पिसावको समस्या, खानाको एलर्जी आदि हुनु रोग प्रतिरोधी क्षमता कम भएर नै भएको हो । यसका लागि पनि सकारात्मक सोच, व्यायाम, सन्तुलित र घरमै बनाएका ताजा भोजन अनि समयमा सुत्ने र समयमा उठने बानीको आवश्यकता पर्दछ । लेखक रीता होमियो क्लिनिक सेन्टर दमकका संचालक पनि हुन् ।

Leave a Reply

Your email address will not be published.