दमक,२२ जेठ । यहाँस्थित स्टेप टु सक्सेस एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोलि शनिवारदेखि दमकमा अन्तर माध्यमिक तह स्तरिय दुई दिने फुटसल प्रतियोगिता –२०८३ सञ्चालन हुने भएको छ ।कन्सल्टेन्सीका अनुसार दमकको विष्ट फूटसल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
कन्सल्टेन्सीले शुक्रवार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे तयारी बारे जानकारी दिएको हो । कन्सल्टेन्सीका सञ्चालक रबिन दाहालले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र १६ वटा टिमको सहभागिता रहने जानकारी दिए । उनले युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै उच्च शिक्षाका अवसरबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ३० हजार तथा उपविजेता टोलीलाई नगद रु. २० हजार ,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, विभिन्न विद्यागत उत्कृष्ठ हुने खेलाडीहरुलाई समेत नगदसहित ट्रफि तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने उनले जनाएका छन् । पत्रकार सम्मेलनमा कन्सलटेन्सीका बालचन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
तीन खेलाडीलाई लण्डनको टिकट
प्रतियोगिताको अर्को विशेष आकर्षणका रूपमा सहभागी खेलाडीहरूमध्ये ३ जनालाई गोलाप्रथामार्फत लन्डनका लागि एकतर्फी हवाई टिकट उपलब्ध गराइने छ । उक्त टिकट लन्डनमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरि त्यस्तो अवसर उपलव्ध गराईएको सञ्चालक दाहालले बताए । सोहि अवसरमा प्रतियोगिताको टाईसीट समेत सार्वजनिक गरिएको थियो ।दमक -५ स्थित बेलडाँगी रोडमा शाखा कार्यालय रहेको उक्त कन्सलटेन्सीले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई आवश्यक शैक्षिक परामर्श सञ्चालन गरिआएकोछ ।