कमल ७ मेमेङ टोलको देवीथानमा पूजाआराधना

दमक ,१५ जेठ । झापा, कमल गाउँपालिका -७ मेमेङ टोलस्थित किरात युमा माङहिम परिषरमा स्थापना गरिएको देवीथानमा यसवर्ष पनि आज पूजाआजा गरिएको छ ।माङहिमका जग्गादाता समेत रहेका समाजसेवी गणेशप्रसाद लिम्बूले स्थापना गरिदिएका सो देवीथानमा यसवर्ष पनि स्थानीयले किरात धर्मदर्शन अनुसार पूजाआजा गरिएको हो ।
बर्षेनी आजकै दिन त्यहाँ विशेष कार्यक्रम गरि देवीपूजा गरिदैआएको छ । माङहिमका उपाध्यक्ष पूर्णकुमार मावोले अघिल्ला वर्षझै यसवर्ष पनि यहाँका प्रकृतिपूजक किरात धर्मअनुनायीहरुले देवीथानमा भेला भई सामूहिक रुपमा देवीपूजापाठ गरिएको बताए । देवीथानमा स्थानीय पूजारीद्धय बमबिक्रम लाओती र नरसिंह केरुङले विधि अनुसार पाठ गरि पूजाअर्चना गरिएको थियो ।
स्थानीयका अनुसार यस देवीथान आस्थाका स्थल मानिन्दैआएको छ । त्यसैकारण देवीपुजाका दिन आफनो मनोकांक्षा पूरा होस भन्दै यहाँ त्रिशुल,घण्टी लगायतका पूजा सामाग्रीहरु समेत दान स्वरुप चढाउने गरेको उपाध्यक्ष मावो बताउँछन् ।
यहाँसहित सोहि वडाको गेउरियास्थित देवीथानमा समेत मंगलवारनै विशेष पूजापाठ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.