निन्दा खोलामा डुबेर शिक्षकको मृत्यु

धुलाबारी, १५ जेठ । पौडी खेल्ने क्रममा डुवेर झापामा मंगलवार एक जना शिक्षकको ज्यान गएको छ ।नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० बर्षीय धनराज भण्डारीको निन्दा खोलामा मंगलवार दिउँसो पौडी खेल्दा डुबेर मृत्यु भएकोे छ ।
मेचीनगर ३ स्थित बडाखाल निवासी पौडी खेल्ने क्रममा डुबी बेहोश भएको र उनको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याइएको थियो । प्रहरीले घटनाका बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.