नेविसंघको पदयात्रा सम्पन्न

दमक ,१५ जेठ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई समितिले पदयात्राको आयोजनामा गरेको छ ।स्वस्थ्यका लागि पदयात्रा भन्ने सन्देसका साथ संघको अगुवाईमा इलामको चुलाचुली -६ मा रहेको धार्मिक तथा पर्यटकीस्थल अन्धा राजारानीसम्मको पदयात्रा सम्पन्न गरिएको हो । पदयात्रा नेविसंघ झापाका जिल्ला सचिव जितेन साङपाङ राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
पदयात्रामा नेविसंघ दमक बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ७० जना विद्यार्थीको सहभागिता रहेको थियो । नेविसंघले यसअघि समेत सोहि मार्गमा एकदिने पदयात्रा सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published.