कृषि उत्पादनमा जोडिन बिप्लव नेतृत्वको युवा संगठनको आग्रह

दमक,१५ जेठ । नेकपा बिप्लव नेतृत्वको युवा संगठन नेपालले युवाहरुलाई कृषि उत्पादनमा जोडिन आग्रह गरेको छ ।पछिल्लो समय देशका विभिन्न भूभागमा बाँझो जमिन बढ्दै गएको भन्दै युवाहरुलाई देशमै कृषिलाई उत्पादनसंग जोड्न संगठनले आग्रह गरेको हो । अब युवा संगठनले जनस्तरबाटै बाँझो जमिनको सदुपयोग गर्ने र उत्पादनमा जोड दिने योजना रहेको संगठनले जनाएको छ ।
बिप्लव नेतृत्वको युवा संगठन नेपाल कोशी प्रदेश कमिटीले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा संगठनका केन्द्रीय अध्यक्ष दिनेश सिले स्वदेशमै उत्पादनशील क्षेत्रमा देशका युवाहरु संलग्न नभएसम्म देश समृद्धि हुन नसक्ने जोड दिए । संगठनले झापामा युवाहरुलाई कृषि उत्पादनका क्षेत्रमा लाग्न सहयोग पुरयाँउदैआएको समेत जनाएको छ ।
दलाल पुँजीवादले युवाहरुलाई जानी जानी विदेश पलायन गरेको आरोप लगाउनदै उनले यस प्रति सरकार सचेत नभए विप्लप पार्टी आन्दोलनमा उत्रिन बाँध्य हुने चेतावनी दिए ।
संगठनले दमकमा आयोजना गरेको प्रदेशस्तरिय युवा भेलाको कार्यक्रममा सहभागि हुन आएका अध्यक्ष सीले देश निर्माणमा विभिन्न राजनीतिक दलमा आवद्ध युवाहरुको एकता,सहकार्य हुनुपर्ने औल्याए ।
पत्रकारको जिज्ञासामा नेपालका राजनीतिक पार्टीहरुको केवल सरकारमा को जाने, कसरी मन्त्री बन्ने र कसरी रातरात करोडपति बन्नेमा मात्र ध्यान रहेको उनको आरोप छ । त्यस्तै अहिलेको सरकारलाई देश र जनताको रोजीरोटीका विषयमा कुनै चिन्ता र चासो नभएको संगठनको ठहर रहेको अध्यक्ष सिको भनाई छ ।

Leave a Reply

Your email address will not be published.