दमकमा सुर्यदर्शन शाकोसको रक्तदान,१५६ पिन्ट रगत संकलन

दमक , १३ जेठ । झापाको दमकमा आज आयोजना गरिएको खुला रक्तदानमा १५६ पिन्ट रगत संकलन भएको छ ।दमक ६ स्थित सुर्यदशन बचत तथा ऋण सहकारी संस्थाले आफनो १५ औ बार्षिकोत्सवका अवसर पारेर आयोजना गरिएको खुल्ला रक्तदानमा ३३ महिलासहित १५६ पिन्ट रगतदान गरेका थिए ।
संस्थाको आफनै कार्यालयमा भएको रक्तदानमा संस्थाका अध्यक्ष टिकाराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारी लगायतका सञ्चालक,कर्मचारी ,शेयर सदस्य तथा सर्वसाधारणहरुले रगतदान गरेका थिए । रक्तदानमा सहभागि दाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक ससहयोगमा भएको थियो । संस्थाले बार्षिकोत्सवका अवसर पारेर विभिन्न सामाजिक कार्यक्रमहरु गरि सप्ताहव्यापी रुपमा स्थापना दिवस विशेष कार्यक्रम समेत समापन गरिएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । उनका अनुसार सप्ताहव्यापी स्थापना दिवस कार्यक्रम अन्तर्गत योगशिविर,वृक्षरोपण,फूलको गमला वितरण, विद्यार्थीवीच हाजिरीजवाफ प्रतियोगिता, शैक्षिक सामाग्री हस्तान्तरण, सहित आज भने संस्थामा आवद्ध शेयर सदस्यहरुलाई आधुनिक प्रविधिका विषयमा जानकारीमूलक प्रशिक्षक कार्यक्रम गरिएको छ ।
मोवाइल एप्समार्फत बैकिङ कारोवार गरिआएका सदस्यहरुलाई लक्षित गरि त्यससम्बन्धी एमबैकका सिईयो सन्जय महासेठ र संस्थापक सिइओ मोहन बमले आधुनिक प्रविधिमार्फत गरिदैआएको कारोवारका विषयमा जानकारी गराएका थिए ।
सोहि अवसरमा संस्थाले फोनपे मार्फत उत्कृष्ठ कारोवार गर्ने दमकका २५ जना सदस्यलाई पुरस्कृत गरेको थियो । छ वर्ष अघि संस्थाका आफना शेयर सदस्यहरुलाई कारोवारलाई थप विश्वासिलो संगै प्रविधिमैत्री बनाउन क्यूआर (फोनपे ) लगायतका सेवा पुरयाँउदैआएको सिइओ भण्डारीले बताए । हालसम्म त्यस किसिमको कारोवार गर्ने सदस्यहरुको संख्या ३३ सयका हाराहारीमा पुगेको छ ।
संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा संघका लेखा समितिका संयोजक चुडामणी ओझा, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी न्यौपाने लगायतको उपस्थिति रहेको थियो । संस्थाले बर्षेनी बार्षिकोत्सवका अवसरमा शेयर सदस्य केन्द्रीत विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.