झापाका सबै पालिकामा बेरुजु, सबैभन्दा बढी बिर्तामोडमा

बिर्तामोड ,१४ जेठ । झापाका एकबाहेक पालिकामा गत आर्थिक वर्षमा बेरुजु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।आर्थिक वर्ष २०७९-०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार झापाका सबै पालिकामा बेरुजु पाइएको हो ।
झापाका पालिकाहरुमध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४.५४ प्रतिशत बेरुजु रहेको पाइएको हो ।मेचीनगर नगरपालिकाबाहेक अन्य १४ पालिकाको सार्वजनिक प्रतिवेदनमा कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका बढी बेरुजु भएको दोस्रो र तेस्रो पालिकाको सूचीमा रहेको छ । कनकाईको ३.९१ र अर्जुनधाराको ३.५५ प्रतिशत बेरुजु रहेको छ ।
सबैभन्दा कम झापा गाउँपालिकामा ०.५७ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published.