पथरी बहुमुखी क्याम्पसको बिग्रंदो आर्थिक अवस्थालाई सुधार गर्न परिषद् सदस्य विस्तार गरिने

-छविराज ढकाल 
पथरीशनिश्चरे, १२ जेठ ।
मोरङको पथरी शनिश्चरे १ मा रहेको नगरकै एक मात्रै गौरवको रूपमा स्थापित पथरी बहुमुखी क्याम्पसको बिग्रंदो आर्थिक अवस्थालाई सुधार गर्नको लागि नयाँ योजना अगाडि सारेको छ।बिहीबार सम्पन्न भएको १६ औं क्याम्पस सभाले क्याम्पसको वर्तमान अवस्थालाई सुधार गर्न केहि महत्वपुर्ण प्रस्तावहरू पारित गरेको हो।
अब परिषद् सदस्य विस्तार कार्यक्रम अन्तर्गत प्रतिसदस्यता शुल्क वापत २५ हजार रुपैयाँ नगदका दरले कूल एक हजार जना परिषद् सदस्य पुर्याउने र सो क्रममा संकलन हुने एकमुष्ट रकमलाई कोषको रूपमा स्थापना गरी क्याम्पस सञ्चालन गर्ने उद्देश्य राखिएको संचालक समितिका अध्यक्ष रामकुमार बस्नेतले बताएका छन्।
सभामा आर्थिक वर्ष २०७९- ०८० को प्रगति प्रतिबेदन पेश गर्दै आगामी आव २०८०-०८१को लागि कार्य योजना तथा बजेट सहित क्याम्पस संचालन सम्वन्धी विधान र परिषद् सदस्यहरूको विस्तार गर्ने प्रस्तावहरू पास गरिएका छन् ।
सो सभामा उपस्थित सबै सरोकारवालाहरुले पछिल्ला वर्षहरूमा क्याम्पसको बिग्रिँदै आएको आर्थिक अवस्थामा दिर्घकालिन सकारात्मक सोच र भूमिका निर्वाह गरेमात्र सुधार गर्न सकिने सुझावहरू दिएका थिए ।
यसै प्रसङ्गमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख नगर प्रमुख मोहनप्रसाद तुम्बापोले भने, विद्यार्थी क्याम्पस प्रमुखको कुर्सी रुखमा चढाएर बाँध्ने, कार्यालयमा ताला लगाउने, शुल्क बढाउन अबरोध गर्ने, प्राध्यापकहरु काम नगरेको समयको पनि तलव लिने (कोभिड काल लगायत) , सञ्चालक समितिले पर्याप्त योजना निर्माण नगर्ने, क्रियाशील नहुने अनि ओरालो लाग्यो भन्नुको कुनै अर्थ रहँदैन।
उनले निजी विद्यालय र क्याम्पसहरुमा ५ गुणा बढी शुल्क भएको थाहा हुँदाहुँदै समय अनुसार शूल्क वृद्धि गर्न नमान्ने, क्याम्पसको समस्या थाहा हुँदाहुँदै मागहरु राखेर समस्या आफै सिर्जना गरिरहेको बताए । बार्षिक शूल्क तिर्नै नसक्ने वर्गका विद्यार्थीहरुको अध्ययन गरेर नगरबाट छात्रवृति दिन सकिने नगर प्रमुख तुम्बापोले औंल्याएका थिए।  क्याम्पस पथरीको गहना, गर्व लाग्छ भन्ने तर बुझिबुझि आफै समस्यामा पार्ने गरेको तुम्बापोको भनाइ थियो । सबैले गम्भीर समीक्षा गरेर सहयोग गरे मात्र क्याम्पस अघि बढ्ने सुझाए ।
क्याम्पस सभामा शुभकामना दिने अधिकांश वक्ताहरुले वर्तमान अवस्थामा क्याम्पसको आर्थिक अवस्था ओरालो लागेको चिन्ता गरेका थिए। क्याम्पस प्रशासनबाट कोभिड महामारीको समयमा प्राध्यापकहरूले प्राध्यापन गरेको तलब अहिलेसम्म पनि नदिएको तथा विविध मागहरु राख्दै आएको र विद्यार्थीहरूले नियमित पठनपाठन एवम् शैक्षिक गुणस्तरका लागि कार्य नगरेको भन्दै गत चैत महिनादेखि प्रमुखको कुर्सी रुखमा झुण्ड्याएर क्याम्पस प्रमुखको कार्यकक्षमा माग पत्र सहित तालाबन्दी गरेर स्वतन्त्र विद्यार्थी युनियन र प्राध्यापक संघ छुट्टाछुट्टै रुपमा आन्दोलित रहेका थिए।
हालै सम्पन्न सभाले प्राध्यापकका मागहरू सहित विद्यार्थीका मागलाई सम्बोधन गर्दै आर्थिक व्यवस्थापन गर्ने उद्देश्यका साथ क्याम्पसको सञ्चालन विधान र परिषद् सदस्य विस्तार कार्यक्रम अगाडि सारेको हो।
सोहि सन्दर्भमा प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेतले अगाडि भन्नुभयो( ूविद्यार्थी सँगसँगै प्राध्यापकहरूका मागहरू सम्बोधनका लागि क्याम्पस प्रशासनद्वारा कार्यदल बनेको र सोहि कार्यदलले दुईचोटि छलफल गरिसकेको छ। क्याम्पसको दिगो आर्थिक स्रोत खोज्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने र क्याम्पसका प्राध्यापकहरूको आफ्ना पेशा र वृत्ति विकासका लागि अघि बढ्ने सहमति भएको छ।यस कुरामा क्याम्पस प्रशासन पोजिटिभ बनेको छ।ू
बक्ताहरुले क्याम्पस ओरालो लागेको चर्चा चलाएपछि कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख मोहन तुम्बापोले क्याम्पस आफै ओरालो लागेको नभएर लगाइएको बताएका हुन् । क्याम्पस चलाउन नगरपालिकाले २० लाख सञ्चालन खर्च दिदै आएको छ । क्याम्पस सञ्चालक समितिको पूर्ब अध्यक्षसमेत रहेका तुम्बापोले खर्च व्यवस्थापन गर्न नगरपालिकामा पनि कानुनी समस्या रहेको बताएका थिए ।
कार्यक्रम समापन मन्तब्य दिदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले कुर्सी रूखमा झुन्ड्याएर क्याम्पसको नकारात्मक कुरालाई अनर्गल प्रचार गरेको भन्दै आफूहरु सञ्चालक समितिमा आएपछि एक करोडको भवन बनाएको, नीतिगत बिषयमा कुनै अभाव नराखेको दाबी गरेका थिए। उनले ू शैक्षिक वातावरण कस्ले बिगार्न खोजिहेका छन् , आम पब्लिकले समेत मूल्याङ्कन गरिरहेको भन्दै सबैको सकारात्मक सोचबाट मात्र क्याम्पस राम्ररी अघि बढ्न सक्ने बताए ।
सभाबाट क्याम्पसको श्रोतको लागि २५ हजारको दरले एक हजार क्याम्पस सभा सदस्यहरु बनाउने निर्णय पारित भएको हो। सभामा कूल २५६ जना सभा सदस्य मध्यें ५० भन्दा कम परिषद् सदस्यहरूको उपस्थिति देखिन्थ्यो।
सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले त्रिभुवान विश्व विद्यालय अनुदान आयोगको कानुनी सल्लाहकारले क्याम्पस सञ्चालक समितिको पदेना सदस्यमा नगर प्रमुख, क्याम्पस भएको वडा अध्यक्ष र उद्योग वाणिज्य संघको अध्यक्ष मात्र रहने भनेकोले स्ववियु, प्राध्यापक संघ राख्नु परे संयुक्त रुपमा विश्व विद्यालयको एड्भाइजरसँग गएर भेटेर समन्वयमा मात्र राख्नुपर्ने बताए । उनले यीनै कारणले विश्व विद्यालयबाट आउने सुविधा ९अनुदानं० लगायतमा असर पार्ने औंल्याएका थिए ।
सोही क्रममा क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले ूहाल त्तब्ब् को कार्यक्रम स्थगित अवस्थामा छ ।यो कार्यक्रम अवरुद्ध भएका कारण क्याम्पसको गुणस्तरसँगै आर्थिक स्रोत बढाउन र विद्यार्थी संख्या बढाउन नसकिएको ू भन्नु भयो।
हाल क्याम्पसमा एक बर्षमा सञ्चालन घाटा १९ लाख १० हजार ४१७ आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्राध्यापकहरुलाई दिन बाँकी पुरानो तलव दायित्व ६८ लाख बढी छ । यो दायित्वमा कोभिड माहामारीमा क्याम्पस बन्द भएको बेलाको समेत जोडिएको छ ।
क्याम्पसका अधिकांश प्राध्यापक सरकारी विद्यालयका स्थायी शिक्षकहरु रहेका छन् । प्राध्यापकहरु बिहान ३ देखि ४ घण्टा क्याम्पसमा, क्याम्पसपछि कक्षा ११—१२ र दिउसो १०—४ बजे स्कुल पढाउने शिक्षकहरु रहेका छन् ।
दुई तिर पूर्णकालीन र दोहोरो सुविधा उपभोग गर्न नपाइने राज्यको नीति रहेको भन्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी परेर क्याम्पसमा पत्र आएपछि प्राध्यापकहरु आफैले अंशकालिन बनाइदिन क्याम्पस प्रशासनमा निवेदन दिएका थिए ।
अख्तियारलाई अंशकालीन भनेर पत्र पठाएपछि सुविधा ९तलव÷पारिश्रमिक० पुरानै पाउनुपर्ने आशयको माग सहित प्राध्यापक संघले क्याम्पस सञ्चालक समितिसमक्ष केही महिना अघिदेखि माग गर्दै आएको थियो ।
क्याम्पस सञ्चालनको लागि त्रिभुवान विश्व विद्यालय अनुदान आयोगले २० लाख र पथरी शनिश्चरे नगरपालिकाले २०लाख गरी कुल ४० लाख बढी सरकारकै अनुदान आयस्रोतको रूपमा रहेको छ ।
क्याम्पसमा हाल ६१७ बिद्यार्थी अध्ययरत छन् । यस अघि ७४४ र त्यो भन्दा अघि ९७० विद्यार्थी रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
शिक्षा, व्यवस्थापन, मानविकी संकायमा स्नातक र स्नातकोत्तरसम्म अध्ययन, अध्यापन हुँदै आएको पथरी बहुमुखी क्याम्पस २०६४ सालमा स्थापना भएको हो । भौतिक पूर्बाधार र प्रविधिमा कमि नभएपनि राजनीति पार्टीका स्थानीय नेताहर भित्र र बाहिर बसेर खेल्ने, आफै आफैमा बिभिन्न किचलो निकाल्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पत्र, सुबिधा र अधिकार प्रयोगमा तछाडमछाड जस्ता समस्याले क्याम्पसमा समस्या बढ्दै गएको हो ।
सोहि क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति केशर राईका अनुसार प्राध्यापक कक्षामा फुल टायम बस्नुपर्ने, फुल टायम पढाउनुपर्ने, नियमित रुपमा पठनपाठन हुनुपर्ने जस्ता माग राख्दै विद्यार्थीहरुले २०८१ बैशाख १३ गते क्याम्पस प्रमुखको कार्यालयमा माग पत्र टाँसेर ताला लगाइएको थियो। सिमीको रूखमा क्याम्पस प्रमुखको कुर्सी झुण्ड्याइएको थियो।
त्यसपछि बनेको कार्यदलसँग पटक पटक छलफल गरी करिव एक महिनापछि जेठ ८ गते ताला खोलिएको छ।
यस बाहेक दुई वटा सरकारी निकायबाट अनुदान आउने यस क्याम्पसको सञ्चालन खर्च मासिक साढे ९ देखि १० लाख छ । विद्यार्थी संख्या भने ६ सयको हाराहारीमा छन् ।

Leave a Reply

Your email address will not be published.