दुर्घटनामा एकको मृत्यू, एक घाइते

फिदिम, १२ जेठ । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । त्रिशक्ति कस्न्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ प ७९९९ नम्वरको कार दुर्घट्ना हुँदा नेपालगञ्ज घर भएका चालक श्याम विश्वकर्माको ज्यान गएको हो ।
दुर्घट्नामा इलाम घर भएका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते हुनु भएको छ । उहाँलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार पश्चात् झापाको विर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको छ ।
उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको छ । अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.