बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

बेलबारी,७ चैत। मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
बमबहादुरले बुधबार बिहान करिव १ .४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको स्थानीयको भनाई उद्दृत गदैं दाहालले बताए। उनका अनुसार दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो।
डिएसपी दाहालका अनुसार पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनको विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।हत्याको कारण भने खुलि नसकेको प्रहरीले जनाएको छ ।
गीताको शव अहिलेसम्म घटनास्थलमै छभने श्रीमानको शब कोशी अस्पतालमा रहेको छ ।बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोरा छन्। उनि भने भागेर बाचेका छन् ।

Leave a Reply

Your email address will not be published.