आदिवासी जनजाति महासंघ झापाको नेतृत्व चयन, अध्यक्षमा नेम्बाङ

झापा,७ चैत । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापाको अध्यक्षमा दिलकुमार नेम्बाङ (बाह्दशी) चुनिएका छन्।महासंघको बुधबार विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको प्रथम जिल्ला अधिवेशनले नेम्बाङको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।
३७ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा सोम तामाङ (दमक ) , हस्तबहादुर आङदेम्बे (मेचीनगर) , सचिवद्धयमा मोहन माबो (बुद्धशान्ति ) , आत्माराम राजबंशी (गौरीगञ्ज ) , सह–सचिवमा हिम्मतबहादुर लिम्बू (कन्काई ) र विरेन मेचे (विर्तामोड ) चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा मेचीनगरकी सरिता राजवंशी, अनिता राजवंशी,दिपक राजवंशी, भद्रपुरकी विद्या प्रधान, राकेश तामाङ, दिपक थेवे (बुद्धशान्ति ) , अर्जुनधाराका गोविन्द तामाङ,विजय राई, कोशी राई, बिर्तामोडबाट कुमार श्रेष्ठ,इन्द्रकुमार साउँदेन,निमनारायण राजवंशी,धर्मेन्द्र राजवंशी (कचनकवल ), चन्द्रकला राई (हल्दिवारी ), सतनलाल हाडी( बाहदशी) जमुना शेर्पा (विर्तामोड ), बाह्दशीबाट नरवहादुर खबास,दिपक केरुङ र कचनकवलका कमल राजवंशी लगायत चुनिएका छन् । यस्तै, शिवसताक्षीबाट भुपाल राजवंशी, रामप्रसाद राई, इन्द्रा थिङलावो, प्रमिला तामाङ, कमलबाट विष्णु बेघा लिम्बू, डम्बर गुरुङ,झापाबाट सुनिता मुर्मु, दमकबाट सोम धिमाल, नारायण धिमाल र गंगा लिम्बू चुनिएका छन्।सोहि अवसरमा नवनिर्वाचित समितिलाई गठित निर्वाचन समितिले पद तथा गोपनियताको सपथग्रहण समेत गराईएको थियो।
कांग्रेस जिल्ला सभापति देउकुमार थेबेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशन उद्घाटनमा जिल्ला नेताहरु , आदिवासी जनजातिका अगुवाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.