बेलबारी,१३ माघ । मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारमा ३५ बर्षीय जय बहादुर खत्रीले आफनै बुबाको घाँटी थिचेर हत्या गरेका छन । हत्या अभियोगमा खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुधवार राती साढे १० बजे खत्रीले आफ्नै बुबा ८० बर्षीय बृद्ध दल बहादुरको घाँटी थिचेर हत्या गरेका थिए । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी बिषयमा बुबासंग बादबिबाद हुँदा रिसको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।