इलाम , १३ माघ । इलामको रोङ गाउँपालिका ४ पहिरोमा पिकअप दुर्घटना हुँदा आज विहान एकैपरिवारका दुई दाजुभाईको मृत्युभएको छ । दुर्घटनामा थप एक जना घाईते भएका छन् ।
दुर्घटनामा परेर झापा मेचीनगर ४ बाहुनडाँगीका ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक अर्जुन कोइराला समेत घाईते भएका छन् ।बाहुनडाँगी बजारमा होटल सञ्चालन गर्दै आएका मृतक थापा दाजुभाई हुन् ।
झापाबाट इलाम आउँदै गरेको प्र.१०१००१ च ७९१६ नम्बरको पिकअप आज विहान ६ वजेतिर अनियन्त्रित भएर दुर्घटना भएको हो । पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको जनाइएको छ । बाहुनडाँगीकै घाईते कोइरालाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।