पथरी,१ असार ।यात्रुवाहक बसको ठक्करबाट मोरङको केराबारीमा पैदलयात्री एक वृद्धको मृत्यु भएको छ।दुर्घटनामा परी ज्यान गुमाउनेमा केराबारी–७ निवासी ८० वर्षीय लोकबहादुर राई रहेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सोमबार अपराह्न धरानबाट यात्रु लिएर केराबारीतर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बसले मदन भण्डारी लोकमार्गअन्तर्गत केराबारी गाउँपालिका–७ स्थित दाहाल चोकमा पैदलयात्री राईलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्कर दिने बस र चालक केराबारी–५ निवासी २५ वर्षीय संगम रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।