ओएसिस एकाडेमीमा विद्यार्थीहरुको रगत परीक्षण

झिलझिले, ३० जेठ । शिबसताक्षी–८ सृजना चोकमा अवस्थितओएसिस एकाडेमीले विद्यार्थीहरुको निःशुल्क रगत परीक्षण गर्नुका साथै स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।विर्तामोडस्थित मञ्जु मेमोरियल हेल्थ अवार्डनेस सेन्टरको प्राविधिक सहयोगमा एकाडेमीले विद्यार्थीहरुको रगत परीक्षणसहित स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

एकाडेमीले आयोजना गरेको सो कार्यक्रममा २ सय ५० विद्यार्थीहरुको रगत परीक्षण गरिएको थियो । त्यस्तैं, सोही अवसरमा विद्यार्थीहरुको शारीरिक र मानसिक बृद्धि विकासका लागि उचाई र तौलसमेत मापन गरिएको प्रिन्सिपल उदयप्रकाश राईले बताए ।

शिविरमा सेन्टरका सुरज शर्मासहितका टीमले विद्यार्थीहरुको रगत परीक्षणपछि सोही कार्यक्रममा रगतको विभाजन (ब्लड ग्रुप) को कार्डसमेत प्रदान गरिएको थियो ।
प्रिन्सीपल राईका अनुसार स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रममा वर्षादको समयसंगै बढ्न सक्ने हैजाबाट बच्न विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाईको बारेमा जानकारी गराइएको थियो । त्यस्तैं, गर्मी मौसममा स्वास्थ्य जीवन यापनका लागि अपनाउनुपर्ने स्वास्थ्य सावधानीका बारेमा समेत आधारभूत जानकारी दिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.