दमक,२९ जेठ । झापाको कमल गाउँपालिकाका बालबालिकाहरुलाई लक्षित गरि तीन दिने प्राथमिक उपचार तालीम शुरु भएको छ । कमल वडा न. ६को सहयोग तथा नेपाल रेडक्रस सोसाईटी र वडा बाल सञ्जालको संयुक्त आयोजनामा तालीम शुरु भएको हो ।
कमल –
५ स्थित रेडक्रस भवनमा आयोजित तालीममा वडा भित्रका विभिन्न बाल क्लवहरुमा आवद्ध तीन दर्जन बालबालिकाहरुको सहभागिता रहेको रेडक्रस कमल शाखाका सचिव पारषमणि राईले जनाए । तालीमको वडाध्यक्ष नरेन्द्र भट्टराईले उद्घाटन गरे । तालीमको उद्घाटनका क्रममा उनले बालबालिकाहरु लक्षित यस किसिमको तालीम जीवनपयोगी हुने विश्वास व्यक्त गरे ।
वडा बाल सञ्जालकी अध्यक्ष लक्ष्मी खतिवडाको अध्यक्षता तथा मा भएको तालीम उद्घाटनमा झापा जिल्ला शाखाका कोषाध्यक्ष ओम गौतम,–उपमन्त्री प्रकाश चन्द्र खरेल, उप–कोषाध्यक्ष हेम खतिवडा, जिल्ला रेडक्रसका कार्यालय प्रमुख हरिशरण खड्का , रेडक्रस कमल पालिका शाखाका सभापति चन्द्र साह, लगायतको उपस्थिति रहेको थियो । तालीममा जिल्ला रेडक्रसको टोलीले सहजीकरण गर्ने छन् ।
तालीम उद्घाटनमा वडा बाल सञ्जालका सचिव सुरज सेढाईले स्वागत मन्तव्य राखेका थिए ।