लेखापढी एशोसियसनको अध्यक्षमा पुनः खड्का

दमक,४ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति दमकको अध्यक्षमा पुनः ताराबहादुर खड्का निर्वाचित भएका छन्। एशोसिएसनको विहिबार सम्पन्न १५ औ चुनावी साधारणसभाको निर्वाचनबाट पुनः खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकोहो ।
निर्वाचनमा खड्काले १२१ मत ल्याई विजयी हुदाँ उनका प्रतिद्धन्दी उद्धवप्रसाद दाहालले ५१ मत ल्याए । त्यसैगरि, उपाध्यक्षमा १०४ मत ल्याई दिनेश घिमिरे उपाध्यक्षमा चुनिए भने उनका प्रतिद्धन्दी शान्तिजंग कार्की (५०) ,सोभलाल राजवंशी (१८ ) ल्याएका थिए । सचिवमा १३० मत ल्याई गगन शिवाकोटी विजयी हुदाँ उनका प्रतिष्पर्धी अतिम कुमार न्यौपाने (३९ ) मत प्राप्त गरे।
यसैगरि, मानबहादुर बस्नेत (१३४, डिल्लीमान श्रेष्ठ (१०२), कुमारी धिताल (१०२),माधव आचार्य (९९),दुर्गाप्रसाद पोख्रेल (९९),लक्ष्मण तिम्सीना (८६) र ८५ मत ल्याई बालकृष्ण पराजुली सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन सम्पन्न डिल्ली राजवंशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित समितिको आइतवार सपथग्रहणसहित पदहस्तान्तरण कार्यक्रम राखिएको छ । एशोसिएसनमा १९२ जना सदस्य आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published.