दमक ,३ असोज । संविधान दिवसका अवसर पारेर आज दमकसहित देशैभरि विभिन्न कार्यक्रम गरि मनाइएका छन् ।
यसैक्रममा नेपाल विद्यार्थी संघ दमक नगर समितिले स्थानीय गणतन्त्र चौंकमा साँझ दिपप्रज्वलन गरेको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति शेरवहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको दिपप्रज्जवलनमा पार्टीका नेता,कार्यकर्ता , विद्यार्थीहरुको उपस्थिति रहेको नेविसंघ दमक नगर सभापति विशाल अधिकारीले बताए । दिपप्रज्जवलनमा क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, प्रदेश (ख) का सभापति रवि केसी, कांग्रेस दमकका कार्यवहाक सभापति युवराज खनाल (सागर ), दमक जेसीजका अध्यक्ष आरसी अधिकारी लगायतका नेता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
संविधान दिवसका अवसर पारेर संघले दमकमा बर्षेनी दिपप्रज्जवलन गरि मनाउदैआएको छ ।