खोलामा डुबेर भद्रपुरमा एक बालकको मृत्यु

दमक, २८ साउन  । खोलामा डुवेर झापाको भद्रपुरमा एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा न.१ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो ।

शनिबार साँझा खोलामा खेल्ने क्रममा लडेर बालक डुब्दा गम्भीर घाइते बनेको र स्थानीयको पहलमा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

Leave a Reply

Your email address will not be published.