-डा लेखनाथ न्यौपाने
रक्तचाप अथवा ब्लड प्रेसर हरेक मानिसलाई सामान्य मात्रामा हुन्छ । यो हुनु भनेको नै मानिस जीवित रहनु हो । रक्तचाप सामान्य भन्दा धेरै भयो भने उच्च रक्तचाप र सामान्य भन्दा थोरै भयो भने न्युन रक्तचाप भनिन्छ । मुटुको खुम्चिने र फैलिने प्रकृया आमाको गर्भमा हुँदा देखि नै सुरु हन्छ र जीवनको अन्तिम समयसम्म रहन्छ । जुनबेला मुटुको गति हुँदैन त्यही बेला मानिसलाई मृत घोषित गरिन्छ । त्यसैले मुटु खुम्चिदा र फैलिदा मुटुमा भएको रगत रक्तनसा भएर शरीरमा पुग्ने क्रममा रगतको बेगले नसामा देखाउने दबाबलाई रक्तचाप भनिन्छ । मुटु खुम्चिदा रक्तनसामा देखिने अधिकतम दबाबलाई सिस्टोलिक(माथिको) र मुटु फैलिदा रक्तनसामा देखिने दबाबलाई डइस्टोलिक(तलको) प्रेसर या रक्तचाप भन्न्छि । औषत रक्तचाप १२०-८० एमएमअफ एचजी हो तर प्लस या माइनस १५ लाई सामान्य मानिन्छ । यदि सामान्य भन्दा कम देखिएमा न्यून रक्तचाप र धेरै देखिएमा उच्च रक्तचाप मानिन्छ ।
फास्टफुड, नुन, चिल्लो धेरै भएका खानेकुरा नखाऔं । हरेक दिन व्यायाम र योग अभ्यास गरौं । तनाव कमगर्न सिकांै । सामाजिक भावना राखौं । र, समय समयमा या केहि असहज हुने वित्तिकै चिकित्सकको सल्लाहामा मात्रै औषधीको सेवन गरौं । विशेष गरेर मृगौला रोग लागि सक्दा पनि धेरैलाई समस्या या कुनै लक्षण नदेखिने हुँदा अझ धेरै सचेत रहनु आवश्यक छ । मृगौला फेल भएका विरामीमा मृगौलाले रगतमा भएका अनावश्यक तत्वलाई छानेर पिसाव मार्फत बाहिर प्mयाक्न सक्दैन । यसो हुँदा अनावश्यक तत्व शरीरमै जम्म हुनपुग्छ । शरीर सुन्न्निे, पिसाव कम हुने, पेट सुन्न्एिर श्वास फेर्न कठिन हुने, बान्ता हुने, रगतको मात्रा घटने अथवा रक्त अल्पता देखापर्ने, क्याल्सियमको मात्र घटेर जाने जस्ता लक्षण विस्तारै देखापर्छन् ।
……………………………………………………………………………………………..
सामान्यतया १४०-९०एमएम अफ एचजीलाई बोर्डर विन्दु भन्निछ । यदि यो लामो समय रहीरहेमा या उच्च अवस्थामा देखिएमा नियन्त्रण गर्ने औषधीको आवश्यकता पर्छ । रक्तचाप उच्च भएमा टाउँको दुख्ने, तनावमा रहने, चाडैँ रिसाउन, टाउँको या हातखुट्टा दुख्ने, निदाउँने जस्ता लक्षण हुन्छन् भने न्यून रक्तचाप भएमा कमजोरी देखापर्ने, धेरै निद्रा आउने, थकाई लाग्ने, काममा मन नलाग्ने जस्ता लक्षणहरु देखापर्छन् । न्यून रक्तचाप भएमा सामान्यतया झोलिलो र पोषिलो खाना खाएमा ठिक हुन्छ । अन्य रोग जस्तो हाइपो थाइराइड् या विभिन्न प्रकारका भिटामीनको कमी या अन्य रोग हुनसक्छ । जसको समयमा नै उपचार भए न्यून रक्तचाप वढेर सामान्य अवस्थामा आउछ । उच्च रक्तचापलाई समयमा नै नियन्त्रणमा राख्न सकिएन भने यसले मृगौला, आँखा या मस्तिष्कलाई नै असर गर्ने र कित पक्षघात कित अचानक मुत्यु र सबै भन्दा धेरै जोखिम भनेको मृगौला फेल हुने हुन्छ । त्यसैले बेलैमा सचेत भएर कम्तिमा ३० वर्ष नाघेका र जोखिम वढी भएका कुनै पनि उमेर समुहले नियमित रक्तचापको जाँच गराउनुपर्छ ।
रक्तचाप जाँच गरेर मात्रा थाँहा पाउँन सकिने हुँदा यसका लक्षणहरु सबै मानिसमा नदेखिन सक्छन् । आजकल धेरै मानिसहरु तनावमा काम गनेर्, रातीको सुताई र आराम कम हुने, खानामा अत्यधिक चिल्लो, मसला, मासुजन्य परिकार, फास्टफुड अनि चुरोट पिउनेका संख्या वढेको छ । एकै पटकको बसाईमा पोलेको मासु, चुरोट र मातक पदार्थ सेवन गरिन्छ । यसमा चिल्लो, नुनिलो र निकोटिन धेरै हुने भएकाले रक्तचाप वढने, केलेस्ट्रोल वढने र ज्यान पनि मोटो हुनेगर्छ । परिणाम उच्च रक्तचाप या मधुमेह । जसको समयमै नियन्त्रण नभएमा विस्तारै रक्तचापका कारण मृगौलामा पनि अनावश्यक दबाव पर्न जान्छ । थाहै नपाई मृगौला फेल हेनेको संख्या दिन प्रतिदिन वढेको वढेकै छ ।
सामान्यतया मृगौलाको आप्mनो काम मुटुबाट आएको रगतमा रहेका शरीरलाई नचाहिने तत्वहरु छानेर पिसाव मार्फत बाहिर प्mयाक्ने हो । जस्तै सोडियम, पोटासियम जस्ता अनेकन तत्वलाई त्यहाँ रहेका असख्य सुक्ष्म नेफ्रोनहरुले छानेर आवश्यक मात्रामा राख्ने र अनावश्यकलाई पिसावको माध्यमा भएर बाहिर निकाल्ने काम गर्छ । साँथमा विभन्न प्रकारका हर्मोनको उत्पादन गर्ने काम पनि गर्छ । यदि मृगौलामा अनावश्क दबाब या रक्त संचारमा अनियमितता भएमा नियमित काममा गडबढी हुनपुग्छ । परिणाम विस्तारै मृगौलाले काम गर्न कामी गर्दैै जान्छ । जसलाई हामी किड्नीको कमजोरी या धेरै देखिएमा फेल भएको भन्दछौ । यसको मुख्य कारण उच्च रक्तचाप नै हो । अन्य कारणहरु पनि हुन्छन् तर कमै मात्रमा हुन्छन् । लामो समय सम्म पिसावमा खरावी, पथरिया, पानीको कमी, खानपान, अत्यधिक गर्मीमा बसाई या काम गराई, अनावश्यक पेनकिलरको सेवन, अत्यधिक र अनावश्यक औषधीको सेवन पनि मृगौला फेल हुने कारण हुन् । त्यसैले बेलैमा सचेत हुनु आवश्यक हुन्छ ।
परीक्षण : पिसावको सामान्य जाँचबाट पनि मृगौलाको अवस्था पत्ता लगाउन सकिने र रक्तचापको जाँचबाट रक्तचाप थाँहा पाउन सकिने हुँदा विना ठूलो खर्च आप्mनो शरीरको अवस्था पत्ता लगाएर ढुक्क रहन सकिन्छ । शंका लागेमा अन्य जाँच जस्तै किडनी फङ्सन टेस्ट, भिडियो एक्स–रे आदि गराइन्छ । यदि समयमै उपचार या सर्तकता नअपनाएमा धरै असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । त्यसैले उच्च रक्तचापलाई स्लो प्वाइजन अथवा मन्द विष पनि भन्ने गरिन्छ । आजकल हरेक अस्पतालमा उच्च रक्तचाप भएका विरामीको संख्या धेरै पाइन्छ भने यसकै कारण मृगौला रोगी त्यसमा पनि मृगौला फेल भएका र डायलाइीसस गर्नेको संख्या वढेको देख्न सकिन्छ । यो अवस्थामा कित बाँचुन्जेल डाइलाइसिस कित मृगौला प्रत्यारोपण । दुबै भने सहज छैन् । नेपाल सरकारले यस्ता विरामीलाई सहयोग गर्ने गरेको भए पनि अप्रयाप्त छ ।
त्यसैले समयमै सजग रहौँ थोरै खाऔँ, धेरै पानी पिऔँँ । फास्टफुड, नुन, चिल्लो धेरै भएका खानेकुरा नखाऔं । हरेक दिन व्यायाम र योग अभ्यास गरौं । तनाव कमगर्न सिकांै । सामाजिक भावना राखौं । र, समय समयमा या केहि असहज हुने वित्तिकै चिकित्सकको सल्लाहामा मात्रै औषधीको सेवन गरौं । विशेष गरेर मृगौला रोग लागि सक्दा पनि धेरैलाई समस्या या कुनै लक्षण नदेखिने हुँदा अझ धेरै सचेत रहनु आवश्यक छ । मृगौला फेल भएका विरामीमा मृगौलाले रगतमा भएका अनावश्यक तत्वलाई छानेर पिसाव मार्फत बाहिर प्mयाक्न सक्दैन । यसो हुँदा अनावश्यक तत्व शरीरमै जम्म हुनपुग्छ । शरीर सुन्न्निे, पिसाव कम हुने, पेट सुन्न्एिर श्वास फेर्न कठिन हुने, बान्ता हुने, रगतको मात्रा घटने अथवा रक्त अल्पता देखापर्ने, क्याल्सियमको मात्र घटेर जाने जस्ता लक्षण विस्तारै देखापर्छन् ।
उपचार : आजको स्वास्थ विज्ञानमा धेरै उपचार पद्धतिको विकास भएको छ । एलोप्याथिक उपचारमा औषधीले नभएमा डायलाइसिस या मृगौला प्रत्यारोपण हो । यता होमियोप्याथिक उपचार पद्धतिबाट मृगौला सम्बन्धि धेरै प्रकारका रोगको सफल उपचार हुनसक्ने स्यंम लेखकको पनि अनुभव रहेको छ । पथरिया, पिसावमा पटक पटकको संक्रमण, प्रोस्टेटका कारण पिसावमा समस्या, र मृगौला फेल भएको खण्डमा र डायालाइसिस पूवै नै होमियोप्याथिक उपचार लिएमा सहज, सरल र विना कुप्रभाव विरामीको सफल उपचार हुनेकुरा पनि विरामी वर्गमा आप्mनो अनुभव राख्न चाहन्छु । ( लेखक ,रीता होमियो क्लिनिक सेन्टरका सञ्चालक पनि हुन् । )