पथरीशनिश्चरे, १५ चैत्र । मोरङको पथरीशनिश्चरे वडा नम्वर १, पथरी बहुमुखी क्याम्पस छेउमा बस्दै आएकी ३२ वर्षिया निता खत्रीले आफ्नो दुवै मृगौला फेल भएपछि आर्थिक सहयोग गरिदिन भन्दै अनुरोध गरेकी छिन्।
उनले निवासमा पुगेका संचारकर्मीहरूसित विगत ५ वर्षदेखि उपचार गराई रहेको र थप उपचारका लागि अहिले आर्थिक अभाव भएको जनाउँदै सहयोग गरिदिन सबैमा याचना गरेकी हुन्।
कम्मरमुनि शरीरका भागहरू चलाउन नहुने र हातको नशामा समेत समस्या सहेर ओच्छ्यानमै थलिएकी उनले विराटनगर, काठमाडौं र धरानमा रहेका विभिन्न हस्पिटलहरूमा स्वास्थ्य जाँच र उपचारको लागि पुग्दा डाक्टरहरूले ुदुवै मृगौला फेल भैसकेको भन्ने एउटै रिपोर्ट दिए र मृगौला प्रत्यारोपण गर्नका लागि पनि निक्कै रकम लाग्ने भएकाले सहयोगको आचना गरिआएको बताईन् । ,तर आफुलाई प्रत्यारोपण भन्दा अहिले औषधी खाने पैसा जुटाउनै गार्हो परेको उनले गुनासो सुनाईन् । उनका अनुसार पैसाकै अभावमा अस्ति माघदेखि फलोअपमा जान पनि सकिएको छैन् । छोरा र छोरीको स्कूलको शुल्क पनि तिर्न सकिएको छैन्। श्रीमान् मलेशियामा त हुनुहुन्छ।तर, उहाँले पठाएको पैसा सबै मेरै उपचारमा खर्च भएको छ। त्यसले पनि अब आएर नपुग्ने भएकाले देश( विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई , दिदीबहिनी र सहयोगी मनहरुलाई सक्ने जति आर्थिक सहायता गरिदिन अनुरोध गरिदिन आग्रह गरिन् ।
उनको थप उपचारका लागि आर्थिक सहयोग पुर्याउने सहयोगी मनहरुसमक्ष पीडितकै नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, पथरी शाखाको खाता नं २५६०१००००१०३६०१० मा स्वेच्छाले आर्थिक सहयोग पुर्याउन सकिनेछ भने विमारी निता खत्रीलाई ९८१०५३८२३१ मा अथवा भाई गोपाल बुढाथोकीलाई ९८४८६४१६६३ मा फोन गरी आवश्यक सरसल्लाह तथा आर्थिक सहयोग गर्न सकिने पीडितको परिवारले जानकारी दिएको छ।