दमकमा थप चार जना लागुऔषध कारोबारी पक्राउ

दमक,२२ पुस । दमकबाट बिहिबार साँझ प्रतिबन्धित लागुऔषधसहित थप चार जना पक्राउ परेका छन् । साँझ करीब ६ बजे तिर दमक -२ खरखरेस्थित ३६ बर्षिय सन्तोष राजवंशीको घरबाट छापा मारेर राजवंशीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजवंशीसहित सोही ठाउँका ३६ बर्षिय लिला कुमार बुढाथोकी, २८ बर्षिय केशव धिमाल र वडा नं १ का ३१ बर्षिय सन्दिप लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम, को.१४ प.७७८४, मे.८प ३०६६ नम्वरका मोटरसाइकलहरु र बिभिन्न कम्पनीका ५ थान मोवाइलसहित नियन्त्रणमा लिइएको प्रवक्ता पाठकले जानकारी दिए ।
यसअघि बुधबार मात्रै दमक १ श्रीपाली चोकबाट ३९ बर्षिय धनराज आले र दमक चियादोकान चोकबाट २६ बर्षिया अनिसा कार्कीलाई पनि प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published.