आदिवासी रंगशालाको डिपीआर बनाईदै

दमक,१५ पुस । झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुंगीमा रहेको आदिवासी रंगशालाको बिस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम शुरु गरिएको छ ।
प्रदेश सरकारको योजनामा परेको रंगशालाको काम थाल्नका लागि डिपीआरको काम शुरु गरिएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जनाएको छ ।
रंगशालाका महासचिव दिपेनवाला राईका अनुसार प्राविधिकसहितको टोलीले रंगशाला समिति, सरोकारवालाहरुको उपस्थितिमा रंगशालामा स्थलगत अध्ययन गरि नापनक्साको काम शुरु गरिएको छ । यसअघि समेत रंगशालाको डिपीआर तयार गरिएपनि त्यसको कागजातहरु फेला पार्न सकिएको थिएन् ।
वर्तमान प्रदेश सरकारले रंगशाला निर्माणका लागि वजेट बिनीयोजन गरेपछि त्यसको प्रारम्भिक चरणका काम थालिएको महासचिव राईले जनाएका छन् ।
यसैवीच प्रतिष्ठानले रंगशालाको निर्माण कार्यलाई तीव्रता दिन सरकारी निकाय तथा सरोकारपक्षहरुलाई सहयोगका लागि छलफल समेत थालिएको जनाएको छ ।

नामाकरण विवादका क्रममा रंगशालाको कामले गति पाउन सकेको थिएन् । दिवंगत आदिवासी जनजातिहरुका करिव ७८५ बढी चिहान भत्काएर उनीहरुको सम्झनामा आदिवासी रंगशाला बनाउन शुरु गरिएपनि पछिल्ला बर्ष त्तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले त्यसलाई मदन भण्डारी रंगशाला बनाउने योजना ल्याएपछि विवादका कारण काम हुन सकेको थिएन् । रंगशाला निर्वाचन ताका चुनावी मुद्धा बन्दैआएको छ ।

Leave a Reply

Your email address will not be published.