करण राई ‘भ्वाइस अफ नेपाल’ विजेता घोषित

झापा,९ पुस। ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई भएका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले उपाधिसहित नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बू थर्ड रनरअप बने । दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published.