दमक,२८ मंसिर । कमल ५ स्थित वडास्तरिय सहकारी समन्वय समितिको अध्यक्षमा प्रमोदकुमार दाहाल चुनिएका छन् ।शुक्रबार सम्पन्न समन्वय समितिको चौथो चुनावी साधारणसभाले दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
सो सहकारी समन्वय समितिमा वडाका ११ वटा सहकारीहरु आवद्ध छन् । सर्वसम्मत निर्वाति समितिको सचिवमा बासुदेव चापागाईं र कोषाध्यक्षमा देवका भण्डारीसहित सदस्यहरुमा विभिन्न ८ वटा सहकारीका प्रतिनिधिहरु रहेका छन् ।
कमल ५ का वडाध्यक्ष लालबहादुर बिष्टको प्रमुख आतिथ्यतामा तथा सहकारी समन्वय समितिका अध्यक्ष गोबिन्द खनालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भुपेन्द्र लावतीले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष नरमाया तामाङले गरेकी थिइन् ।