दमक,२८ मंसिर । दमक- १ स्थित सरकारी दमक अस्पतालमा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि सघन उपचार कक्ष (आइसीयू) विस्तार गरिने भएको छ ।
दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लव अफ दमक स्टर्नलायन वीच आइसीयू निर्माण सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापासहित अस्पताल,लायन्स अगुवाको हस्ताक्षार छ ।
दमक अस्पताल र दमकेली लायन्सहरूको संयुक्त सहकार्यमा लायन्स क्लव ईष्टर्न लाईनको प्रस्ताव मार्फत डिष्ट्रिक्ट ३२५ सी बाट लायन्स अन्तराष्ट्रियको कोषबाट दीर्घकालीन परियोजना अन्तर्गत दमक अस्पतालमा आईसीयु सेवा सञ्चालन गर्न दुई करोड ५५ लाख ३५ हजार लगानी रहने छ ।
सम्झौता अनुसार परियोजनामा लायन्स क्लव अफ दमक स्टर्नलायनले १ लाख ५० हजार अमेरिकी डलर र दमक नगरपालिकाले ३७ हजार पाँच सय अमेरिकी डलर बरारको रकम साझेदारी रहने उल्लेख छ । आगामी ६ महिना भित्रमा आइसीयु सम्पन्न गरिसक्ने संझौतामा उल्लेख छ ।
१५ शैयाको सो अस्पतालमा दैनिक ५ सय बढी विरामीले उपचार लिदैआएका छन् । अस्पतालमा दैनिक फिजीसियन,बच्चा, हाडजोर्नी, स्त्रीरोग, मानसिक रोग लगायतका एक दर्जन बढी विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले सेवा पुरयाँउदैआएका छन् ।