-विरन्द्र ताम्लिङ
जलवायु परिवर्तन भनेको के हो ?
कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको धेरै वर्षहरूको औसत स्थिति त्यहाँको जलवायु हो ।जलवायु परिवर्तन भनेको त्यस्तो औसत अवस्थामा देखिने परिवर्तन हो । विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत जलवायु परिवर्तनको अवस्थामा छ ।
यसरी नै जलवायु परिवर्तनको परिभाषा संयुक्त राष्ट्रको स्रोतले यस्तो बताउँछ,“ जलवायु परिवर्तनले तापमान र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तनलाई जनाउँछ ।
यी परिवर्तनहरू प्राकृतिक हुन सक्छन्, तर ज्ञडण्ण्क देखि, मानव गतिविधिहरू जलवायु परिवर्तनको मुख्य चालक भएको छ, मुख्यतया जीवाश्म ईन्धनहरू (जस्तै कोइला, तेल र ग्यास) को जलाउने कारणले गर्दा, जसले गर्मी–ट्र्यापिङ ग्याँसहरू उत्पादन गर्दछ ।
यसैगरी वीकीपीडीयाको स्रोतले जलवायु परिवर्तन भनेको के हो ? भन्नेमा यस्तो बताउँछ, “जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।“
जलवायु परिवर्तन भनेको के हो ? अनि यो कसरी हुन सम्भव छ भने ग्लोबल वार्मिङ र यसको प्रभावहरू सहित पृथ्वीको जलवायु प्रणालीमा दीर्घकालीन परिवर्तनहरू । यी प्रभावहरूमा बढ्दो समुन्द्री सतह, कम हुँदै गइरहेको ग्लेशियरहरू र बारम्बार खडेरीहरू समावेश छन् । जलवायु परिवर्तन मानव वा प्राकृतिक घटनाहरूको कारण हुन सक्छ, जस्तै ज्वालामुखी विस्फोट वा सूर्यको गतिविधिमा परिवर्तन ।
यस्तै प्रकारले सन् १९६०को दशक देखि समुद्रको तापक्रम लगातार बढी रहेकोे रिपोर्ट ’दैनिक मिरमिरे’ ले आफ्नो सम्पाद्कीयमा यस्तो उल्लेख गरेको छ, “जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिसंगै महासगर तात्ने गति पनि २००५ पछि करिब दोब्बर भएको छ । यूरोपीय संघको निगरानी संस्था कोपर्निकसको ताजा रिपोर्टले यो कुराको खुलासा गरेको हो । महासगरले पृथ्वीको सतहबाट ७० प्रतिशत भाग ढाक्छ र वायुमण्डललाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ । कोपर्निकोस र समुद्र विज्ञ करिना फोन शुकमानका अनुसार सन् १९६० का दशकदेखि महासगरको तापक्रम लगातार बढिरहेको छ । तर सन् २००५ पछि यसको वृद्धिदर अझ तीब्र भइरहेको छ । पछिल्लो दुई दशक देखि तापक्रम वृद्धिको गति दोब्बर भएको छ, उनले भनिन् , यसको वृद्धिदर ०.५८ प्रतिवर्गमिटरबाट १.०५ प्रति प्रतिवर्गमिटरसम्म पुगेको छ । (०७ अक्टोबर २०२४)
यस्तै प्रकारले जलवायु परिवर्तनले वातावरणलाई मात्र नभई खनिज र बहुमूल्य धातुको उपलब्धतामा पनि असर गरिरहेको छ भन्ने रेकर्डमा आएको छ,“जलवायु परिवर्तनका कारण ठूलो मात्रामा चाँदी समुन्द्रमुनि दबिइरहेको नयाँ अध्ययनले देखाएको छ । महासागरमुनि पनि यस्तै हुनसक्ने पनि अध्ययनमा उल्लेख छ । ग्लोबल वार्मिङका कारण साउथ चाइना सागर मुनि ठूलो मात्रामा चाँदी जम्मा भइरहेको रिपोर्टमा छ । नयाँ अध्ययनमा वैज्ञानिकहरूले विश्वभरका महासागरहरूमा पनि यस्तो भएको हुनसक्ने सम्भावना रहेको बताएका छन् ।“ (हुलाक प्रेस, भदौ २०२०८१)
पहिलेको जमानामा पानी पर्ने समयमा पानी नपर्दा, असार लागी सक्यो धान रोप्ने बेला बित्दैछ भने भैसीको छालाबाट बनिएको हल्लुडलाई सिम्सारमा गाडेमा पानी पर्छ भन्ने भनाइ थियो र कतिपय ठाँउमा यस्तो ग¥यो भन्थ्यो र कतिपय ठाँउमा भ्यागुताको बिबाह ग¥यो भने पानी पर्छ भन्ने पनि कुरा हुन्थ्यो तर त्यो सत्य थियो या थिएन थाहा छैन र वैज्ञानिक कारण के छ त्यो पनि थाहा भएन तर त्यसो पक्कै गर्थे ।अहिले सोच्दा त्यो पक्कै पनि जलवायु परिवर्तनको कारणले नै समयमा पानी नपरेर अत्याधिक रूपमा खडेरी आएको थिएछ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।
मौसम परिवर्तनको कारणले नै मोरोक्कोको सहारा मरुभूमि ५० वर्षपछि डुबानमामा परेको यस्तो रिपोर्ट छ, “अफ्रिकाको उत्तरी क्षेत्रमा रहेको देश मोरक्कोको सहारा मरुभूमि क्षेत्र डुबानमा परेको छ । औसतमा एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमि क्षेत्र ५० वर्षमा पहिलो पटक डुबानमा परेको हो ।
——————————————————————————————————————–
जलवायु परिवर्तन र बढदो तापक्रमको प्रभावले गत वर्ष विश्वमा कति मानिस विस्थापित भए भन्ने विषयमा कटक मल्लज्युले आफ्नो लेखमा अकडा दिनु भएको छ, “सन् २०२३ को अन्त्यमा विस्वभर ११७.३ मिलियन मानिस विस्थापित भएका संयुक्त राष्ट्र संघले अनुमान गरेको छ । तीमध्ये ६८.३ मिलियन आन्तरिक रूपमा विस्थापित भएका छन् । विस्थापनको मुख्य कारण द्वन्द्व हो तर जलवायु परिवर्तन सम्बन्धि प्रकोपहरु जस्तै आँधी,बाढी, खडेरी, डढेलोले पनि गते वर्ष करिब २०.३ मिलियन मानिस घरबार बिहीन भएका थिए । लाखौंले आफ्नो भूमि छोडेर सुरक्षित क्षेत्रतर्फ गएका थिए ।
जलवायु परिवर्तनले संसाधन प्रतिस्पर्धालाई तीब्र बनाउँछ, द्वन्द्वलाई झनै उक्साउँछ, समाजिक र आर्थिक असमानतालाई गहिरो बनाई जोखिम बढाउँछ ।“(हाम्रो प्रजाशक्ति, २२ अक्टोबर २०२४)
ग्लोबल वार्मिंङ भन्नाले पृथ्वीको सतहको औसत तापक्रममा भएको वृद्धि अनि वायुमण्डलमा हरितगृह ग्यासहरूको वृद्धिको कारणले गर्दा हुन्छ भने मुख्यतया जीवाश्म ईन्धनहरू जलाउँदा हुने गर्छ ।
यसैगरी “ग्लोबल वार्मिङ’को अर्थ संसारभरि सधैँभरि गर्मी मात्र भइरहन्छ भन्ने होइन। त्यो शब्दावलीको अर्थ यस्तो छ – पृथ्वीको औसत तापक्रम चिन्ताजनक तरिकाले बढिरहेको छ र त्यसले मौसमी अवस्थामा उथलपुथल ल्याइदिन सक्छ।
अहिले मध्यपश्चिम अमेरिकाले भोगिरहेको अत्यधिक चिसो त्यसको एउटा उदाहरण हुन सक्छ ।अस्ट्रेलियाका केही भागमा बढेको अत्यधिक गर्मी र अफ्रिकाको सहेल क्षेत्रमा भइरहेको खडेरी र सुख्खा त्यसको अर्को उदाहरण हुन सक्छ ।
“आर्क्टिटक क्षेत्र चिसो हुने अवस्थामा भन्दा त्यो क्षेत्र तातो हुँदा सो क्षेत्रको दक्षिणतिर चिसो मौसम र ठूलो हिमपात हुने क्रम बढी हुन्छ,“ गत वर्ष नेचर कम्युनिकेशन्समा प्रकाशित अध्ययन भन्छ ।
यसरी नै ग्लोबल वार्मिङको कारण जापानको फुजि हिमालको हिउँ अक्टोबर महिनामा नै बिलेर, हिउँ बिहिन भएको छ । यो १३० वर्षपछि पहिलोपल्ट भएको रिपोर्ट सर्वजनिक भएको छ, “Global Warming: Mount Fuji in Japan is snowless in october for the first time in 130 years.The mountain in completely dry now.”(NEB Result)यस्तै प्रकारले तापक्रम वृद्धिका कारण मुस्ताङमा स्याउ समयअघि नै पाक्न थालेको रिपोर्ट सामेल गरिएको छ । (हिमाल प्रेस, रिपोर्ट ०८ सेप्टेम्बर २०२४)
https://www.facebook.com/share/vtZUxai2GP6uwaYr/?mibextid=oFDknk
पहिलेको जमानामा पानी पर्ने समयमा पानी नपर्दा, असार लागी सक्यो धान रोप्ने बेला बित्दैछ भने भैसीको छालाबाट बनिएको हल्लुडलाई सिम्सारमा गाडेमा पानी पर्छ भन्ने भनाइ थियो र कतिपय ठाँउमा यस्तो ग¥यो भन्थ्यो र कतिपय ठाँउमा भ्यागुताको बिबाह ग¥यो भने पानी पर्छ भन्ने पनि कुरा हुन्थ्यो तर त्यो सत्य थियो या थिएन थाहा छैन र वैज्ञानिक कारण के छ त्यो पनि थाहा भएन तर त्यसो पक्कै गर्थे ।अहिले सोच्दा त्यो पक्कै पनि जलवायु परिवर्तनको कारणले नै समयमा पानी नपरेर अत्याधिक रूपमा खडेरी आएको थिएछ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।
मौसम परिवर्तनको कारणले नै मोरोक्कोको सहारा मरुभूमि ५० वर्षपछि डुबानमामा परेको यस्तो रिपोर्ट छ, “अफ्रिकाको उत्तरी क्षेत्रमा रहेको देश मोरक्कोको सहारा मरुभूमि क्षेत्र डुबानमा परेको छ । औसतमा एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमि क्षेत्र ५० वर्षमा पहिलो पटक डुबानमा परेको हो । दुई दिनसम्म अतिठूलो वर्षा हुँदा मरुभूमिमा दुर्लभ मानिने डुबान भएको बीबीसीले जनाएको छ ।“
(उज्यालो अन्लाईन पेज, असोज ३०,२०८१)
कान्तिपुर समाचारमा भानुभक्त निरौलाको रिपोर्ट अनुसार
“खुम्बुपासाङल्हमु गाउँपालिकाको थामे खोलाको शिरमा रहेको हिमताल फुटेर नै थामेमा बाढी आएको पुष्टि भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका–५ मा रहेको सिंगो बस्ती नै शुक्रबार दिउँसो बाढीले बगाएपछि शनिबार बिहान हेलिकप्टर मार्फत स्थलगत अवलोकन गर्दा हिमताल फुटेर नै बाढी गएको पुष्टि भएको हो ।“(भाद्र १२,२०८१)
संसारभर नदीहरु मर्दैछन् । इ कान्तिपुरले ११ सेप्टेम्बर २०२४ मा साझा गरेको थयगतगदभ च्यानलबाट प्रसारित कर्णाली नदीको उद्गम थलो तिब्बतबाट बगेर ३ देश भएर भारतको गंगामा पुगेको २ हजार किलोमिटरको कथा । श्री रमेश भुसालज्युद्वारा लिखित पुस्तक “छाल बाटो कैलाश देखि गंगासम्म“ सारंशमा सुन्दा “बाँध बाधिए पछि नदी मर्छ“ अझ अघि त्यस पुस्तकमा उल्लेख गरिएको विचारलाई उनले यसरी राख्नु भएको छ“ जलवायु परिवर्तनको असर सबभन्दा बढी गरीब र जहाँ सुबिधा छैन त्यहाँको मान्छेहरुलाई बढी पर्ने सम्भावना छ “ भन्नु भएको छ । लिंक यहाँ राखिएको छ ।
https://www.facebook.com/share/vtZUxai2GP6uwaYr/?mibextid=oFDknk
बढदो तापक्रमको असरले पोल्यान्डको सबैभन्दा ठूलो नदी विस्टुला सुक्ने अवस्थामा पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । “जलवायु परिवर्तनका कारण देखिएको खडेरी र चर्को गर्मीका कारण नदी सुक्ने अवस्थामा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । राजधानी वार्सासहित वरपरका क्षेत्रमा नदीमा बालुवा मात्रै देखिन थालेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाका अनुसार उत्तरी गोलार्धमा यसपटक गर्मीले रेकर्ड तोड्दा धेरै क्षेत्रमा खडेरी निम्त्याएको छ । जसको असर विस्टुला नदीमा देखिएको हो ।
पोल्यान्डको मौसम विज्ञान तथा जल व्यवस्थापन संस्थान (आईएमजीडब्ल्यू) को तथ्याङ्कले वार्साको मापन विन्दुमा नदीमा २२ सेन्टिमिटर मात्रै पानी रहेको छ । यो इतिहासकै कमी हो । यसअघि सन् २०१५ मा यो रेकर्ड २६ सेन्टिमिटर थियो । वार्सामा नदीको गहिराइ सामान्यतया १ सय ५ देखि २ सय ५० सेन्टिमिटर हुन्छ ।“ (उज्यालो, भदौ २५,२०८१)
त्यसरी नै जलवायु परिवर्तनको कारण गाउँमा पिउने पानीको मुहान सुकेपछि नेपालको एउटा गाउँ नै रित्तिएको अर्को कथा यहाँ राखिएको छ, “दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँड्नेको क्रम बढेपछि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरु भत्किदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ ।“(बाह्रखरी, सन्तोष गौतम, असोज २ २०८१)
हेडलाइन नेपालको रिपोर्ट अनुसार, “भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु हुनेमा उत्तर प्रदेशको बिहार, राजस्थान, हरियाणाका रहेका छन् ।
मनसुन भित्रिनु अघिसम्म भारतका अधिकांश शहरमा अत्यधिक गर्मीले जनजीवन जनजीवन नराम्रोसँग प्रभावित भएको थियो । कतिपय शहरमा अधिकतम तापक्रम ५० सम्म पुगेको समाचारहरु सार्वजनिक भएका थिए ।“
यसरी पश्चिमी अमेरिकामा अत्यधिक गर्मी, ’डेथ भ्याली’ को तापक्रम १ सय ३० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।“(उज्यालो, असार २४, २०८१)
बीबीसी विश्व सेवाका नवीन सिंह खड्का वातावरण सम्वाददाता अनुसार “अहिले अत्यधिक चिसोका कारण अमेरिकाको मध्यपश्चिम क्षेत्रका नगरहरू ठप्प हुने अवस्थामा पुग्नुभन्दा धेरै पहिले नै जलवायु वैज्ञानिकहरूले यस्तो हुन सक्ने भविष्यवाणी गरिसकेका थिए।
विभिन्न अध्ययनहरूमा उनीहरूले आर्क्टिटक क्षेत्र तातिरहेकोले अहिलेको अवस्था उत्पन्न हुने उल्लेख गरिसकेका छन् । त्यस्तो तातोले बरफविहीन समुद्रलाई धेरै तातो फ्याँक्न प्रेरित गर्छ। त्यसले आर्क्टिटक क्षेत्र माथि चिसो हावा बहने क्रमलाई कमजोर तुल्याइदिन्छ र त्यो दक्षिणतिर बहन थाल्छ । (बीबीसी नेपाली, १ फेब्रुअरी २०१८)
यस्तै प्रकारले साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको खबर आएको छ । “देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको । भारी वर्षा र असिनापछि हिमपात भएको हो । यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ । कसरी भयो मरुभूमिमा हिमपात ?
साउदी अरबमा हिमपात दुर्लभ हो । तर, देशको मौसम बर्सौंदेखि परिवर्तन भइरहेको छ । केही वर्षअघि जलमग्न सहारा मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो, जुन माइनस २ डिग्री सेल्सियससम्म पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिएको छ ।“(१२खरी,कार्तिक २०, २०८१)
यस्तै प्रकारले कटक मल्लले आफ्नो लेखमा लेख्नु हुन्छ,“विगत पचास वा सोभन्दा बढी वर्षमा अन्तराष्ट्रिय वातावरणीय कानुन धेरै हदसम्म विकसित भए पनि हालसम्म ’वातावरणीय सुरक्षाको अवधारणा’ विश्वव्यापी रूपमा मान्य भएको छैन् ।
परम्परागत सैन्य सुरक्षाका अवधारणाले वातावरणीय सुरक्षालाई समावेश गर्दैन । एक अनुमान अनुसार ५.५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनका लागि सैन्य स्रोत जिम्मेवार छ । सैन्य र द्वन्द्वबाट सिर्जित सत्सर्जनबाट कम अध्ययन भएको छ । युक्रेन र गाजाको निरन्तर विनाशबाट विस्थापित सन्धि पक्षको सम्मेलन (कप २८, दुबई)– ले जलवायु संकट, शान्ति र सुरक्षाका सम्बन्धमा ध्यान दिएको थियो तर कुनै ठोस परिणाम भने निस्केको छैन् ।“ (१९-१०-२०२४ हाम्रो प्रजाशक्ति, दैनिक)
प्रकोप जोखिम न्यूनीकरण दिवसको दिन सिक्किम राज्यको चिन्तन भवनमा राष्ट्रिय विपद् ब्यवस्थापन प्राधिकरणका सल्लाहकार (मिटिगेसन ) एसए रिजवीले सिक्किमलाई जीएलओएफ न्यूनीकरणका लागि प्रशंसा गर्दै भने, भेलासंग आफ्नो विशेषज्ञता साझा गरे । उनले सिक्किमलाई जीएलओएफ न्यूनीकरणका लागि प्रशंसा गर्दै भने,झ प्रधानमन्त्रीले पनि यस सन्दर्भमा सिक्किमको उदाहरण उद्घृत गरेका छन् । यसैले पनि हामीले अन्य राज्यहरुलाई सिक्किमको उदाहरण पछ्याउन अग्राह गरिरहेका छौ,झरिजवीले भने । रिजवीले राज्यले हिमनदीहरुलाई सिक्किमको दुईवटा निगरानी प्रणाली जडान गरेकोमा प्रसंशा गरे । हिजो राती एक एपबाट आफ्नो पछिल्लो अवलोकन साझा गर्दै उनले भने, ’शुन्यभन्दा माथिको तापक्रम हिमनदी,विशेष गरी साको ग्लेशियरका लागि खतरनाक छ।’ झील घटदै गरेको छ, उचाइ पनि घटेको छ ।“( दैनिक मिरमिरे,०५ अक्टोबर २०२४)
राजधानी नयाँ दिल्लीको सांसद संसदको एनेक्सी भवनमा आकलन समितिको महत्त्वपूर्ण बैठकमा भाग लिन्दै सिक्किमको एकमात्र लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाले भन्नुभयो,“ जलवायु परिवर्तन के बढते प्रतिकुल प्रभावों के मध्येनजर नवीकरणीय उर्जा के महत्वपूर्ण महत्व पर जोर दिया । उन्होने कहाँ, हम जलवायु परिवर्तन के प्रभावों को मह्सुस करने वाली पहली और इसके बारे में कुछ कर सक्ने वाली आखिरी पीढी है ।“(अनुगामिनी, ०५ सेप्टेम्बर २०२४)
पुनम कुइँकेलज्युको लेख ’पर्यावरणीय न्यायमा महिलाको भूमिका’ प्रख्यात भारतीय पर्यावरणविद् डा. वन्दना शिवाको बिचारलाई यसरी राख्नु हुन्छ,“ ग्रामीण महिलाहरु पारिस्थितिकीय ’विज्ञान’ र ’ज्ञान’ का बाहक हुन् । उनीहरुका सिप,स्थानीय ज्ञान र प्रकृतिसँगको प्रत्यक्ष सम्बन्धले वातावरणीय सन्तुलन कायम गर्न मद्दत गर्छ । शिवाले ग्रामीण महिलालाई ’बिउको संरक्षक’ र ’पृथ्वीको संरक्षणकर्ता’ – का रूपमा बर्णन गरेकी छन् । उनी भन्छिन् “ पर्यावरणीय न्याय ल्याउन ग्रामीण महिलाहरुको भूमिका अहम छ किनकि उनीहरुलाई प्रकृतिको वास्तविक अर्थ र यसको दुरुपयोगका परिणामबारे गहिरो ज्ञान छ ।’
(हाम्रो प्रजाशक्ति दैनिकमा २५ अक्टोबर २०२४)
यस्तै प्रकारले हाम्रो प्रजाशक्ति दैनिकमा ’जलवायु परिवर्तन छठ पर्वका वैज्ञानिक र पर्यावरणीय महत्त्व’ शिर्षकमा धर्मेन्द्र झाज्यु लेख्नु हुन्छ “ यस पर्वले पर्यावरणका सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणीजगतका लागि अवश्यक छ । प्रकृतिप्रति आदर भावको उदेश्य पर्यावरणका संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्न हो । प्रकृति सबैको हो । यो सामुहिक सम्पदा हो । यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट बन्चित गरिनु हुँदैन भन्ने सन्देश पनि यस पर्वको हो ।“(०९ – ११ नोभेम्बर २०२४)
यसरी नै कटक मल्लज्यु “जलवायु सम्बन्धि कार्य अपरिहार्य“ भन्ने शिर्षकमा जनाउनु हुन्छ, “जलवायु सम्बन्धि पेरिस सम्झौता अनुसार जलवायु परिवर्तनका प्रभावलाई कम गर्न द्रुत गतिमा बढनु अवश्यक छ । कमजोर समुदायका लागि लचिलोपन र अनुकूलन क्षमता विकासका लागि मद्दत गर्नु उत्तिकै महत्त्वपूर्ण छ ।“(हाम्रो प्रजाशक्ति,२२ अक्टोबर २०२४ )
जलवायु परिवर्तन, कटक मल्ल, हाम्रो प्रजाशक्ति १८-१०-२०२४
“पृथ्वीका धेरै जैविक प्रजाति लुप्त भइसकेका छन् । मानव प्रजातिकै पूर्वज ’होमोसेपियन’ बाहेकका अन्य आठ प्रजाति लोप भइसकेका छन् । संयुक्त राष्ट्र संघको एक प्रतिवेदन अनुसार आठ लाख जीवमध्ये एक लाख केही दशकमा लोप हुँदैछन् ।“
(हाम्रो प्रजाशक्ति, कटक मल्ल, १९-१०-२०२४ )
“स्टकहोम घोषणाः सन् १९७२ मा भएको स्टकहोम सम्मेलनका घोषणापत्रलाई अन्तर्राष्ट्रिय वातावरणीय कानुनको उत्पत्ति स्रोत मानिन्छ । स्टकहोम घोषणा मानव केन्द्रित थियो जसमा २६ सिधाान्त अन्तर्गत औद्योगिक बिकासोन्मुक देशबिच अर्थिक वृद्धि, वायु, पानी र प्रदुषणको आपसी सम्बन्धलाई अन्तर्राष्ट्रिय चासोको अग्रभागमा राखिएको छ ।’
बीबीसी न्यूजको नेपाली, ४ नोभेम्बर २०१७ मा लेखेको एक रिपोर्टले यस्तो लेखेको छ, “अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ– ’मानवीय गतिविधि’ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ । सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेको छ ।’
यसैगरी अहिले अजरबैजानको राजधानी बाकुमा ११ नोभेम्बर देखि २२ नोभेम्बरसम्म जारी रहने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९)को सन्दर्भमा अल्पविकसित देशहरुको तर्फबाट अध्यक्ष इभान्स जेवाले विज्ञप्ति जारी गर्दैै जलवायु वित्त र हानि नोक्सानी कोषमा पर्याप्त पुँजीको आवश्यकतामा जोड दिएका हुन् ।
अल्पविकसित देशहरुको समूहले विशेष गरी धनी राष्ट्रहरूलाई थप जिम्मेवार बन्न र जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गर्न थप वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।“ (अन्लाईन खबर,२०८१कार्तिक २७ गते)
प्रकृतिसित खेलाँचीः विपत्ति शीर्षकको लेखमा उदयराज खनालज्युले प्रकृतिलाई हामीले कतिसम्म दोहन गरेकाछौ भनेर यस्तो लेखेका छन् , “ सारा प्रकृतिक अवस्थालाई ध्वस्त पारेर धर्तीमाताका छाती चिर्दै खनिज निकाल्ने, नदीनाला सुकाउने र दुर्गन्धित पार्ने, बन फँडानी गर्ने, वायुमण्डलमा धुवाँको मुस्लो हाल्नेजस्ता दुष्कार्य गरेर जलवायु परिवर्तनको सँघारमा आयौ । युरोपका सम्पन्न राष्ट्रहरुले त प्रकृतिसँगै गतिशील भएर अनुकूलता प्राप्त गर्न मात्र सम्भव भएको कुरा बुझ्न थाले । विशाल शहरमा बृक्षरोपण गरेर हरित पार्ने, प्राकृतिक पार्कमा यताको ढुङ्गा – बालुवा उता सार्न पनि नपाउने गरे । हामी भने पुर्खाले बनाएका सुन्दर शहरका पोखरी पुर्दै, हजारौं वर्ष पूरानो भूक्षय निरोधक खेतका गह्रा भत्काउँदै, सके खोलानाला सुकाउँदै, अन्यथा सानो ढलको धरोमा परिणत गर्दै, बाटो र बस्ती बनाउँछौ ।“( हाम्रो प्रजाशक्ति, ०५ नोवेम्बर २०२४)
जलवायु परिवर्तन, बढदो तापक्रम, अत्याधिक प्रदुषणको निम्ति हामी विवेकशील प्राणी मानिस नै जिम्मेवार छौ, यसलाई कसरी कटौती र रोकथाम गर्ने भन्ने बारेमा हाम्रो प्रजाशक्ति, दैनिकले ३० सेप्टेम्बर २०२४ को दिन ’प्रचण्ड गर्मी हामीलाई प्रकृतिको झआलार्मञ हो भन्ने शिर्षक दिएर सम्पादकीयमा लेख्छ, “हामीले आफ्ना भावीपिढीको निम्ति यो धरतीलाई अनुकुलित रूपमा छोड्नु हो भने हामीले जिम्मेवारी ग्रहण गर्नैपर्छ वाध्यता मुलक नभएर सचेतना पुर्वक । वृक्ष रोपन मात्रले पुग्दैन, यद्यपि यो एउटा राम्रो सुझाउ हो, यो हामी सबैले गर्न सक्छौ ।धरती अथवा प्रकृति अथवा पर्यावरणको संरक्षण गर्न, यसलाई जोगाएर राख्न हामीसित अपेक्षित र सुदृढ प्रयास हुनपर्छ, दायित्व वोध हुनपर्छ। वृक्षरोपणका साथसाथै, हालै चर्चामा रहेको झजिरो कार्बन फूटप्रिन्टञ को दिशामा अघि बढनु पर्दा – हामीले घरबाटै शुरु गर्न सक्ने पहलहरुमा, प्लाष्टिक अपशिष्टको योग्य निकासी,पोलिब्यागहरुको न्युनतम प्रयोग, प्लाष्टिकबाट बनेका अनेकन घरेलुु समानको विकल्पको विकास, कृषिभुमि अथवा कुनै पनि भुमिमा रासायनिक पदार्थहरु छर्किने कामलाई निरुत्साहन, फोहोरहरुको सही प्रवन्धन इत्यादि प्रमुख छन् ।’
जलवायु परिवर्तनको रोकथाममा व्यक्तिले के गर्न सक्छन् ?
वैज्ञानिकहरू व्यक्तिले यस्तो गर्न सक्ने बताउँछन :
१,साइकल वा सार्वजनिक यातायातको प्रयोग गरेर खनिज इन्धन प्रयोग हुने गाडीहरूमाथिको उच्च निर्भरता घटाउने
२, घरलाई तापक्रम मिलाउन एसीको आवश्यकता नपर्ने गरी निर्माण गर्ने ।
३,हवाई उडानमा कम जाने ।
४, मासु र दुग्ध पदार्थ कम खाने । –(बिबिसी न्युज २३सेप्टेम्बर २०२१)
यसै विषयलाई विशेष प्राथमिकता दिँदै ०३ जुलाई २०२४ को दिन
’हाम्रो प्रजाशक्ति’ दैनिकले सम्पादकीयमा पहिलेबाटै यस्तो लेखी सकेको थियो,“मौसम परिवर्तनको घातक परिणाम“मौसम विदहरुको भनाई अनुसार मौसम परिवर्तनको परिणामका कारण यसरी वर्षा ऋतु शुरु हुन साथ भारी मात्रामा पानी परेको हो । मौसम परिवर्तन निकै घातक भएर देखा परेको छ । जसको फलस्वरुप कहिले प्रचण्ड गर्मी हुने त कहिले भारी वर्षा हुने गरेको हो । अब मौसम परिवर्तनका कारण हुने खतरावाट बाँच्नका लागि मानिसहरुले प्रकृति विरोधी क्रियाकलापलाई रोक्न सक्नु पर्छ साथै यस्तो स्थितिलाई पार लगाउन सुरक्षित उपाय अपनाउनु पर्ने नितान्त अवश्यक छ ।“
“Change before Climate Change.” कसैले दिएको नारा अथवा भनाईलाई आत्मासात गर्दै आफैलाई पर्यावरणको संरक्षणमा समर्पित अथवा समाहित हुन सके मात्र यो पृथ्वी बाँच्छ, अनि हामी बाँचिन्छ । –(लेखक, पूर्व सल्लाहकार सूचना तथा जन सम्पर्क बिभाग सिक्किम सरकार ) tamlingbirendra@gmail.com