
दमक,२ भाद्र । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले आपाजी आरटीआर -१६० टु भी को नयाँ मोडल सार्वजनिक गरेको छ । देशभरिका १३२ वटा विभिन्न डिलरमार्फत बुधबार एकैसाथ आपाजी आरटीआर -१६० टु भी मोटरसाईकल सार्वजनिक गरिएको नेपालका लागि आधिकारिक वितरक कम्पन्नी जगदम्बा मोटर्सले जनाएको छ ।
यसैक्रममा उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता एएनए ट्रेड प्रालिले पनि नयाँ आपाजी आरटीआर- १६० टु भी मोटरसाईकल सार्वजनिक गरिएको सञ्चालक गनबहादुर अधिकारीले बताएका छन् । उनले दुई पाङग्रे मोटरसाईकलमा हरेक नेपालीको रोजाईमा परेको यस मोटरसाईकल खरिदका लागि आर्कषक सुविधा उपलव्ध गराईएको बताए । खरिदमा आर्कषक छुट, एक्सचेन्ज,फाइनान्सको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
कम्पन्नीले सार्वजनिक गरेको प्रेस नोटका अनुसार सार्वजनिक गरिएको सो मोटरसाईकलको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको रहेको छ। यसैगरी यसको पछाडि १२०-७०-१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ। यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रण बारे अवगत हुने गर्छ।
यसमा बेस्ट इन क्लास आरटिआर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आरपिएममा १४.१४ पिएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएम मा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ। यसैगरि यसमा बेस्ट इन क्लास एमआइजी सस्पेन्सन सक अप राखिएको छ। यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन्। यसको मूल्य भने २,६९,९०० रुपैया तोकिएको छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ्ग इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पन्नीको दावी छ।