दमककी दुर्गाको ‘अनुराग र वियोग ’ उपन्यास लोकापर्ण

दमक, २३ साउन । सामाजिक अगुवा समेत रहेकी दमककी श्रष्टा दुर्गा खनाल काफ्लेले ‘अनुराग र वियोग ’ उपन्यास वजारमा ल्याएकी छन् ।साहित्यकला सङ्गम दमकले आज शनिवार एक कार्यक्रमको आयोजना गरि लेखिका खनालको कृति लोकापर्ण गरिएको हो ।

साहित्य कला सङ्गमकी उपाध्यक्ष समेत रहेकी श्रष्टा खनालको यो कृति चौथो हो । यसअघि उनले मनको बिचलन,प्रेम सरोवर र चाँदनी उपन्यास बजारमा ल्याएकी थिईन् ।
साहित्यकला संगमका अध्यक्ष बिन्दु दाहाल मूकदर्शकको अध्यक्षता र बरिष्ठ साहित्यकार प्रा.डा. गोबिन्दराज भट्टराईको प्रमुख आतिथ्यता तथा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कृतिको विषयमा साहित्यकारहरु शिव रेग्मी प्रणत र भीम दहालले समिक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेमनाथ अधिकारी , दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. उत्तम भट्टराई ,संस्थाका सल्लाहकार सदस्य पुस्ता राई ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , मिक्लाचोङ साहित्य समाज अध्यक्ष इन्द्र घिमिरे , नेपाली साहित्य समाज उर्लावारीका अध्यक्ष यज्ञ परिश्रमी, नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष केशु बिरही, उर्जाशील साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डि .पी.शर्मा,प्रगतिवादी समालोचक प्रा.डा. बद्रीबिलास पोखरेल, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा ,प्राज्ञ सुमित्रा वाङ्देल चेली र डा.गोपालप्रसाद भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । यसरी नै कवि तथा साहित्यकारहरु डा. खगेन्द्रप्रसाद दाहाल , मीना अधिकारी , चिरञ्जीवी काफ्ले ,बिबश बलिभद्र कोईराला , रोशन यात्री लगायतले रचना वाचन गरेका थिए ।

संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रीखोलेले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन संस्थाका महासचिव ओमप्रसाद खनालले गरेका थिए । त्यस्तै, सुरसुधा संगीत बिद्यालयको तर्फबाट संस्थाकी उपाध्यक्ष चन्द्रा गड्तौलाको कलाकार टोलीले सुमधुर सांगीतिक प्रस्तुति गरेको थियो । कार्यक्रममा झापा ,मोरङ्ग, सुनसरी ,ईलाम र तेह्रथुमका गरि करिब तिनसय स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.