
दमक,३ भदौ । झापा, दमकका तीन जना साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् ।अंग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनुहुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाई र बिष्णु प्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् ।
विश्व अंग्रेजी साहित्यमा विशेष योगदान पुरयाए वाँपत उनीहरुलाई भारतको ७५ औं स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाईएको छ । दिवसको उपलक्ष्यमा विश्व अंग्रेजी साहित्यकारहरुको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रुपमा सो अवार्ड प्रदान गरेको हो ।
अवार्ड पाउने ६ जना अंग्रेजी साहित्यकार नेपालीहरुमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हेम आले छन् । अवार्ड बर्सेनी भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा. विष्णु पाण्डेयले वितरण गरिआएका छन् ।