पहिलेको भन्दा छिटोछिटो पिसाव लागेको महशुस हुने, चाडो चाडो पिसव फेर्न उठनु पर्ने, पिसाव खुलेर नहुने, निक्कै बेरसम्म आइरहने, धारो सानो आउने, थोपा थोपा आउने, कन्नुपर्ने र तल्लो पेट दुख्ने, भारी महशुस हुने कहिलेकाही ठाउँमा पुग्न नभ्याईने, पिसाव गर्दा पोल्ने, रगत देखापर्ने जस्ता समस्या पुरुषहरुमा देखापर्छन । यही र यस्तै खाले समस्याहरुलाई प्रोस्टेटको समस्या भनिन्छ ।
चालीस वर्ष नाघिसकेका पुरुषहरुमा देखा पर्ने एउटा गम्भिर समस्या हो प्रोस्टेट । प्रोस्टेट ग्रन्थि पुरुषमामात्र रहने हुदा प्रोस्टेटलाई पुरुष ग्रन्थि पनि भनिन्छ । धेरैजसो पचाँसदेखि सत्तरी वर्ष बीचका पुरुष यो र यस्तै खाले लक्षणहरु लिएर क्लिनिक धाउनेको सख्या दिन प्रतिदिन वढदै गएको देखिन्छ । यता अप्रेशन गराउनेको संख्या पनि बढदो छ । यसकासाथै यौन दुर्वलता पनि यही उमेरमा धेरै देखिने हुनाले हर्मोनको कमिका कारण चाडोचाडो ग्रन्थि वढने गर्छ । उमेरले डाडा काटे पनि मन बुढो नहुने हुदा हरेक खाले चाहना मानिसमा रहिरहन्छ । राती आन्नदले निदाउने कुरालाई प्रोस्टेटले रोक्न सक्छ । छिनछिनमा पिसव गर्न उठिरहनु पर्ने वाध्यताले अरु समस्या जन्मिन सक्छ ।
प्रोस्टेट के हो त भन्ने आम मानिसमा जिज्ञासा बढनु स्वभाविक हो । यो एउटा ग्रन्थि हो र यो पुरुषमामात्र हुन्छ । यो पिसावथैली मुन्तिर थैलीबाट निस्कने मुत्रनली(युरेथ्रा)लाई घेरेर बसेको हुन्छ । जन्मेदेखि नै सानो आकारमा रहने यो ग्रन्थि उमेर सगै बढछ । वयस्क उमेरमा यसको तौल २० या २२ ग्रामसम्म पुग्छ । यो समान्य हो । यो ग्रन्थिले मुत्र प्रणालीलाई सहयोग गर्छ र सेक्स हर्मोनको पनि उत्पादन गर्छ । साथमा अण्डकोषबाट आउने विर्यलाई यसबाट निस्कने तरल पदार्थले सुरक्षित रुपमा सम्भोगको समयमा महिलाको योनीमार्ग हुदै पाठेघरसम्म लैजान सहयोग गर्छ । जब यसको आकारमा बृदि हुदै जान्छ र व्यात्तिलाई असहज जान्छ, जस्तै पिसाव छिनछिनमा लग्ने, राती निक्कै पटक उठनु पर्ने, पिसव फेर्न निक्कै समय लाग्ने, ननिथ्रिएको महशुस हुने, फेरीसकेपछि पनि पुनः जाउ जाउ लाग्ने, रोक्न मुस्किल हुने, कसैकसैलाई यौन चाहना हराउने, तल्लो पेट दुख्ने, भारी हुने या पिसाव पूर्ण रुपमा रोकिने जस्ता लक्षणले सताउन थाल्छ । यस्ता लक्षण देखिएमा उपचारको आवश्यकता हुन्छ ।
कारणहरु : शरीरमा उत्पन्न हुने हर्मोेन (रसराग) टेस्टोस्टेरोनको कमी हुदैजादा प्रोस्टेटको समस्या देखापर्छ । यसरी नै वंशानुगत र पटक पटक पिसावमा देखिने संक्रमण अनि संक्रमणका कारण प्रोस्टेट सुन्निनु हो । नियोप्लाजम नामक कोषहरुको अनावश्यक बृदि हो । यस्तो अवस्थालाई फाइब्रोमायोएडिनोमा भनिन्छ । यसका साथै अन्य कारणहरु पनि हुनसक्छन ।
प्रकार : विषेश गरेर फाइब्रोमायोएडिनोमा बेनाईन र कार्सिनोजेनिक अर्थात क्यान्सर हुने र नहुने गरेर दुई रुपमा देखापर्छ । कसैकसैमा प्रोस्टेट सुन्निएर नघटेको अवस्था पनि हुन्छ । यो अवस्थामा पनि माथिकै लक्षणहरु देखा पर्ने र ती लक्षणहरु रहिरहन सक्छन । हेर्दा आकार सामान्य भन्दा ठूलोमात्र भएको अवस्थामा पनि विरामीले नियमित जाँच भने गराउनु पर्छ । प्रोस्टेटको आकार धेरै ठूलो नदेखिए पनि पिसाव आउने नलि वरपर अनावश्यक बोसो या अनावश्यक कोषको विकास भएमा पनि पिसाव रोकिने दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् । पिसाव फेरिसकेपछि पनि मुत्र थैलिमा केही मात्रामा पिसाव रहन्छ । यो अवस्थामा पनि पिसाव बारबार लाग्ने र ननिथ्रिएको जस्तो हुन्छ । यसरी नै पुरुषहरुमा प्रोस्टेट क्यान्सर उच्च दरमा देखिएको छ । प्रोस्टेट वढेको अवस्थामा जस्तै प्रोस्टेट क्यान्सरमा पनि तिनै लक्षणहरु देखिने हुदा सजग रहनुपर्छ । जस्तै पिता पुर्खामा क्यान्सरको इतिहास, आफैमा क्यान्सरको उपचार चलिरहेको अवस्थामा या प्रोस्टेटको अप्रेशन पश्चात पनि उही समस्या देखिएमा पिसाव गर्दा पोल्ने, दुख्ने भएमा, रगत देखिएमा एक पटक जाँच गराउनु राम्रो हुन्छ । दिसाद्धारबाट औला छिराएर प्रोस्टेट वढेको छ या छैन थाहा पाउन सकिन्छ । आजकल त अल्ट्रासाउन्ड(भिडियो एक्सरे) गराएर सजिलै कति ग्राम र कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । यसरी नै कति मिलिलिटर पिसाव फेरिसकेपछि पनि थैलिमा रहन्छ भनेर पत्ता लगाउन सकिन्छ । जति धेरै पिसाव थैलीमा पिसाव फेरिसकेपछि पनि रहन्छ त्यतिनै छिटो छिटो पिसाव लाग्ने र ननिथ्रिएको महशुस हुनेगर्छ ।
उपचार : विरामीको उमेर, रोगीको अवस्था र प्रोस्टेटको आकारका आधारमा उपचार विधि अपनाइन्छ । विशेष गरेर औषधीको सेवन गरेर वढदै गरेको प्रोस्टेटलाई अरु वढनबाट रोक्ने । यदि औषधीले वढनबाट रोक्न सकेन र बिरामीलाई असहज भइरहेमा अप्रेशन अथवा वढेर गएको अनावश्यक कोषहरुलाई खुर्केर प्mयाक्ने गरिन्छ । दोस्रो उपचार सुन्दा सजिलो लागे पनि खर्चको अभावमा र सहज सेवा उपलब्ध नभएका कारण दुर–दराजमा वस्ने अधिकाश नागरिकहरुले यस्तो खालको सेवा लिन सकेका छैनन् । यसमा पनि अप्रेशन असफल हुने र समस्या दोहोरीने घटनाहरु बढी भएकाले धेरै रोगीहरु रोग सहेर बस्न बाध्य छन् । समय समयमा पुनः जाच गराउनु पर्छ भन्ने ज्ञानको कमी र अभावले पनि उपचार असफल भएको पाइन्छ । एक पटक जाच या अप्रेशन गराएपछि अब पुग्यो, जानु पर्दैन भनेर बस्नु राम्रो होइन । कम्तीमा पनि वर्षमा एक पटक जँचाउनु उचित हुन्छ । यसका साथै भविष्यमा प्रोस्टेट क्यान्सर हुन पनि सक्छ भन्ने कुरा ध्यानमा राखेर एउटा रगतको परीक्षण गराउनु राम्रो हो । त्यो जाँचलाई पिएसए भनिन्छ । यो जाँचबाट भविष्यमा हुन सक्ने क्यान्सर बेलैमा थाहा पाएर बच्ने उपाय अपनाउन सकिन्छ ।
यसरी नै बिना अप्रेशन प्रोस्टेट पीडितलाई राहत दिन सकिन्छ औषधीको माध्यमबाट पनि ।
होमियोप्याथिक, आर्युवेिदक तथा योग चिकित्साबाट हजारौं प्रोस्टेट रोगीहरुले राहत पाएका छन् । नियमित व्ययाम खानपिनमा सरलता अर्थात सहजै पच्नसक्ने साकाहरी भोजन एउटा सहज माध्यम हो । मासहारीले पनि पोलेको, धेरै मसला भएको र पटक पटक पकाएको मासु नखाने । दैनिक फलफुलको मात्रा थोरै भए पनि सेवन गर्ने । एउटा अध्यायन अनुसार हाम्रो शरीरलाई आवश्यक पर्ने लाइकोपेन भन्ने तत्वको कमी भएमा शरीरमा विशेष गरेर प्रोस्टेट ग्रन्थीमा क्यान्सर लाग्न सक्छ । यो हुनबाट बचाउछ लाइकोपेनले । र, लाइकोपेन फलफुलमा पाईन्छ । जस्तै गोलभेडा, अमला, कागती, रुख टमाटर, स्याउ र धेरै बियाँ भएका तरकारी र पहेला फलफुलमा यो पाइन्छ ।
त्यसैले बेलैमा रोगका बारेमा जानकारी राखेर आप्mनै घर र करेसा बारीमा उत्पादन हुने तरकारीको सेवन गरौं । यसबाट क्यान्सर जस्तो डरलाग्दो रोगबाट टाढा रहन सकिन्छ भने प्राकृतिक उपचर पद्वति अपनाएर अप्रेशनबाट केही हदसम्म बँच्न सकिन्छ । यसका साथै सहज जीवन जीउन पनि सकिन्छ । जसरी जंगलमा चर्ने गाईबस्तु घासपातसग मिसिएका जडीबुटी खाएर स्वस्थ हुन्छन त्यसरी नै हामी पनि सागसब्जी र फलफुलको सेवन गरेर स्वस्थ रहन सक्छौ । प्रोस्टेट समस्याका लागि होमियोप्याथिक औषधीहरु निक्कै प्रभावकारी हुन्छन् । जस्तै सेवल सेरुलेटा, थुजा, कोनियम, फेरम पिक्रिकम, बैराइटा कार्ब आदि । तर, होमियोप्याथिकमा विरामीको लक्षण र चिन्हका आधारमा औषधी दिइने हुदा कुनै पनि औषधी चयन हुनसक्छ । त्यसैले चिकित्सकको सल्लाह बमोजिम मात्र औषधी सेवन गर्नुपर्छ । ( लेखक रीता होमियो क्लिनिक सेञ्टरका सञ्चालक हुन् । )